
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २९ गते । पूर्वसांसद् एवं रास्वपाकी केन्द्रीय सदस्य विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् ।
उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ ।गत प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट जुम्लामा निर्वाचन लडेकी कठायत पराजित भएकी थिइन् । अघिल्लो कार्यकालमा समानुपातिक सांसद बनेकी उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ को परिच्छेद(२ को दफा ४ को उपदफा ९१० को देहायको (ण) मा भएको व्यवस्था बमोजिम खेलकुदमन्त्री पोखरेलले कठायतलाई सदस्य मनोनीत गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत जानकारी दिएका छन् ।


















