नेभिगेसन मेनु

चौथो सातामा पनि ‘पेन्सन पट्टा’को दबदबा, कमायो साढे ८ करोड
सम्पादक:南亚网络电视
समय:2026-10-03 11:35


pension_patta

pension_patta


दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारदेखि प्रदर्शनको चौंथो हप्तामा प्रवेश गरेको छ । निर्माताले दिएको जानकारीअनुसार, फिल्मले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

चौंथो सातामा प्रवेश गरेको अवसरमा फिल्मले ‘मीट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा निर्माता र कलाकारले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरेका थिए ।

कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता गुरुङले ‘पेन्सन पट्टा’को सफलताले आफूहरूको मिहेनतलाई प्रमाणित गरेको बताए । दुःख र मेहनत गरेर निर्माण गरिएको फिल्मलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको उनको भनाइ थियो ।

चौंथो सातासम्म पनि दर्शकको साथ पाइरहनु फिल्मको लागि ठूलो उपलब्धि भएको गुरुङको भनाइ थियो ।

कार्यक्रममा अभिनेता दयाहाङ राईलाई फिल्म चलाउन कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले स्टारडमभन्दा कथा नै बलियो हुने बताए । उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो । ‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि फिल्म चल्छ । स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,’ दयाहाङले भने ।

कलाकारको लोकप्रियतासँगै फिल्मको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो । ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शन तयारीमा थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर