नेभिगेसन मेनु

भोटेकोशी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन
सम्पादक:南亚网络电视
समय:2026-08-28 11:40

 

 ScreenShot_2026-08-28_092441_222

बाँके । कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार वेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक हुन् ।

रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर