नेभिगेसन मेनु

‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा
सम्पादक:南亚网络电视
समय:2026-07-05 12:34

 

 purna-sasthagat-sutkeri-salyan,-shankar

शारदा (सल्यान), असार २१ गते । सल्यानको कपुरकोट गाउँपालिका–३ कर्णाली प्रदेशकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ । पालिकास्तरीय ‘यौन तथा प्रजनन स्वास्थ्य समन्वय समिति’ ले प्रमाणीकरण गरेपछि यस्तो घोषणा गरिएको हो । 

प्रदेश सरकारको मन्त्रीपरिषद्बाट २०८३ जेठ २८ मा स्वीकृत पूर्ण संस्थागत सुत्केरीसम्बन्धी कार्यविधि, २०८३ को नयाँ मापदण्ड पालना गर्दै यो वडालाई प्रदेशकै पहिलो वडाका रूपमा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले आइतबार वडा नं. ६ र  सोमबार वडा नं. २ लाई पनि ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा गर्ने तयारी भएको बताउनुभयो । स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नं. ३ स्थित स्वास्थ्य संस्थामा आव २०८०/८१ देखि आव २०८२/८३ सम्ममा १६५ जना सुत्केरी भएका छन् । मापदण्ड अनुसार पूर्ण संस्थागत सुत्केरी वडा वा स्थानीय तह घोषणाका लागि सबै गर्भवती महिलाले तीन वर्षसम्म लगातार पूर्ण संस्थागत सुत्केरी भएको, सबै गर्भवती महिलाले आठ पटक गर्भजाँच र सुत्केरी महिलाले चार पटक सुत्केरी जाँच गराएको, सबै महिलाले गर्भावस्थादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ आइरन चक्की र क्याल्सियम सेवन गरेको हुनु पर्छ । यस्तै उक्त घोषणाका लागि पूर्ण खोप सुनिश्चितता भएको हुनुपर्ने, जटिल अवस्थाको गर्भवती भएको समयमा जाँच गरी प्रेषणको व्यवस्था भएको हुनुपर्ने, गर्भवती महिलालाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्थासम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध भएको हुनुपर्ने र स्वास्थ्य संस्था किशोरकिशोरीमैत्री हुनुपर्नेलगायतका सूचक पालना भएको हुनुपर्ने व्यवस्था रहेको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर