नेभिगेसन मेनु

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल दुईतिहाइ मतले अनुमोदन
सम्पादक:南亚网络电视
समय:2026-10-12 11:09

pradeep

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २६ गते । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट प्रदीप पौडेल महामन्त्री पदमा भारी मतले विजयी भएका छन्। घोषित मतपरिणामअनुसार उनी झन्डै दुईतिहाइ मतका साथ महामन्त्री पदमा निर्वाचित भएका भएका हुन्। योसँगै विद्यार्थी राजनीतिबाट कांग्रेसमा उदाएका पौडेल पार्टी राजनीतिमा पनि जबर्जस्त स्थापित भएका छन्।

पौडेलले कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा थालेका थिए। विद्यार्थीकालमै २०४६ को जनआन्दोलनमा सहभागी पौडेलको राजनीतिको प्रस्थान विन्दु काठमाडौँको अमृत साइन्स क्याम्पस मानिन्छ। उच्च शिक्षाका अमृत साइन्स क्याम्पसमा पुगेका पौडेल नेविसंघमा अबद्ध भए।

२०५३ मा अमृत क्याम्पसको स्ववियु सभापतीमा निर्वाचित भएपछि नेविसंघमा पौडेलको चर्चा चुलियो। त्यही बेलाम २०५७–२०५९ मा उनी नेविसंघको केन्द्रीय कार्यसमितिमा पुगे। २०५९ देखि २०६४ मा उनी तीनपटक नेविसंघको उपाध्यक्ष भए। २०६२–६३ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी पौडेलले करिब ११ महिना जेलजीवन बिताए।

पौडेल २०६५ मा नेविसंघको अध्यक्ष निर्वाचित भए। माउ पार्टी कांग्रेसले भन्दा पहिले उनी नेतृत्वको नेविसंघले गणतन्त्रको मुद्दा पास गर्‍यो। समयमा महाधिवेशन गर्न नसकेपछि पौडेले नेतृत्वको नेविसंघ कार्यसमिति भंग गरियो। त्यसपछि उनी २०६७ मा भएको कांग्रसको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बने।

खुलातर्फ २५ जना निर्वाचित हुने व्यवस्था भए पनि २६औँ नम्बरमा पौडेलले मत पाए। यद्यपि कांग्रेसका सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा हारेका पौडेललाई सोही पदमा मनोनयन गरे। कांग्रेसको १३औँ महाधिवेशनमा भने पौडेलले लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा जिते। १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बने। महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा पौडेल पाँचौँ भए।

देउवा समूहका अधिकांश पदाधिकारी जित्दा महामन्त्रीका उम्मेदवार पौडेल र डा. प्रकाशशरण महत पराजित भएका थिए। महामन्त्रीमा हारेका पौडेललाई तत्कालीन सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरे। २०७४ मा प्रदेशसभा सदस्यमा पराजित पौडेल २०७९ मा काठमाडौँ-५ बाट प्रतिनिधिसभामा निर्वाचित भए।

केपी ओली नेतृत्व सरकारमा पौडेल स्वास्थ्यमन्त्री बने। गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनबाट ओली सरकार ढलेसँगै पौडेल पनि मन्त्री पदबाट बिदा भए। २०८२ मा भने पौडेल काठमाडौँ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलसँग भारी मतान्तरले पराजित भए।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनबाट पनि बहुमतका साथ अनुमोदन भएका हुन्। अर्का महामन्त्री गुरुराज घिमिरे हार्दा पौडेल पद जोगाउन सफल भएका हुन्।

योसँगै आगामी चार वर्षका लागि कांग्रेसको सांगठिनक कमान्ड पौडेलको काँधमा आएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर