नेभिगेसन मेनु

न्युज पोलारका प्रधान सम्पादक बरिष्ठ पत्रकार सुशील अर्यालले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ अवार्ड पाएका छन्
सम्पादक:南亚网络电视
समय:2026-04-24 20:44

 

 IMG_7634

वैशाख ११, काठमाडौं । सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यसहित सिजन मिडिया प्रा. लि. द्वारा आयोजना गरिएको “राष्ट्रिय सामाजिक कल्याण पुरस्कार २०२५” कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८३ साल वैशाख ११ गते दिउँसो २:३० बजे राष्ट्रिय नाचघरमा आयोजना गरिएको थियो।

IMG_7783

सामाजिक सेवा, पत्रकारिता, शिक्षा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने लक्ष्यसहित आयोजित कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ भने उनीहरूको योगदानलाई उजागर गर्दै थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको थियो।

sushil aryal

यसैबीच, न्युज पोलारका प्रधान सम्पादक बरिष्ठ पत्रकार सुशील अर्याललाई पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अवार्ड प्रदान गरिएको छ। उनी न्युज पोलारका प्रमुख सम्पादकका रूपमा सक्रिय रहँदै आएका छन्।

यसअघि पनि अर्याललाई अन्तर्राष्ट्रिय स्तरको “उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट सम्मान गरिएको थियो, जसले उनको पत्रकारिताप्रतिको योगदानलाई थप पुष्टि गरेको छ।

IMG_7778

कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने समाजसेवा तथा सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर