नेभिगेसन मेनु

ट्रकको ठक्करबाट कपिलवस्तुमा तीन जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-07-29 12:24

 

 754849371_1177641124584644_1482002113736584278_n

कपिलवस्तु, साउन १३ गते। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते एक जनाको उपचार भइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर