नेभिगेसन मेनु

तुनहुआङमा सवारीचालकविहीन डेलिभरी गाडि, दुर्गम गाउँमा पुर्यायो सहुलियत
सम्पादक:南亚网络电视
लेखक:Zeng Yichen
समय:2026-02-26 12:58

图片1

एस ए टि भी, काठमाडौँ | पश्चिमी चीनको कान्सु प्रान्तस्थित तुनहुआङ शहरमा एउटा नवप्रवर्तनकारी कदमले दुर्गम गाउँहरूमा पार्सल डेलिभरीको पुरानो समस्यालाई समाधान गरेको छ। मोगाओ टाउनको उतुन गाउँका बासिन्दाहरूले अब सवारीचालकविहीन प्रविधि र बुद्धिमान पार्सल स्टेसनको सहयोगमा सहज सेवा प्राप्त गरिरहेका छन्।

दिउँसोको तीन बजेतिर, उतुन गाउँका चाङ चेनफङको मोबाइलमा १५ किलोमिटर टाढा रहेको शहरी पार्सल वितरण केन्द्रबाट गाउँतिर आइ रहेको आफ्नो पार्सलको नोटिफिकेसन देखिन्छ। करिब ३५ मिनेटपछि, एउटा सुन्तला रङको सवारीचालकविहीन सानो गाडी सडकमा सहज रूपमा मोडिँदै गाउँको प्रवेशद्वारमा रहेको "२४ घण्टा चालकविहीन पार्सल स्टेसन" मा सटीकतापूर्वक रोकियो। यो गाडी, जुन आयताकार फलामको बाक्स जस्तो देखिन्छ, आफ्नो छतमा रहेको लेजर राडारको मद्दतले बाटो पहिचान गर्दछ र आफैंले मोड्ने, पैदल यात्रीलाई बाटो छोड्ने जस्ता कार्यहरू गर्दछ। चाङ चेनफङले गाडीको क्यूआर कोड स्क्यान गरेपछि सामान राख्ने ढोका आफैं खुल्छ र दस मिनेटभित्रै आफ्नो गाउँका पार्सलहरू उतारेर बुद्धिमान पार्सल अर्को स्टेसन तर्फ जान्छ।

गाउँकै एउटा प्रयोगविहीन घरलाई परिमार्जन गरेर बनाइएको यो स्टेसनमा बुद्धिमान पार्सल क्याबिनेट र आफैं सामान लिने प्रणाली जडान गरिएको छ। चाङ चेनफङका अनुसार, सबै उपकरणहरू गाउँलेहरूको दैनिक आवश्यकता अनुरूप डिजाइन गरिएका छन् र तिनमा निगरानी क्यामेरा, स्मार्ट स्क्यानिङ प्रणाली तथा भ्वाइस निर्देशन प्रणाली पनि जडान गरिएको छ, जसले वृद्धवृद्धाहरूले प्रयोग गर्न पनि सजिलो बनाएको छ।

तुनहुआङ शहरको जनसंख्या दुई लाखभन्दा कम छ र यसका गाउँहरू निकै छरिएका छन्। पर्यटकीय शहर भएकाले व्यस्त सिजनमा कामदार अभाव हुने समस्या पनि लामो समयदेखि रहँदै आएको छ। यस्तो अवस्थामा गाउँहरूमा पार्सल डेलिभरी गर्नु ठूलो चुनौती रहदै आएको छ। तुनहुआङ पब्लिक शेनटोङ एक्सप्रेस कम्पनीका प्रमुख चाङ छुथोङले भने, "कहिलेकाँही सबैभन्दा टाढाको याङ क्वान गाउँमा एउटै मात्र पार्सल पुर्याउनुपर्थ्यो। यसरी पार्सल डेलिवरी गर्दा पेट्रोलको खर्च पनि उठ्दैनथ्यो, त्यसैले डेलिभरी कर्मचारीहरूको मनोबल कमजोर हुन्थ्यो। अली धेरै पार्सल जम्मा गरेर पठाउँदा ढिलाइ हुन्थ्यो, जसले गर्दा गाउँलेहरूले तरकारी, फलफूल जस्ता सामान अर्डर गर्न डराउँथे।"

यसै समस्याको समाधानका रूपमा सवारीचालकविहीन प्रविधिको प्रयोग सुरु गरिएको हो। तुनहुआङको सहरिया क्षेत्रका सडकहरूमा भीडभाड कम हुने र ट्राफिक सहज हुने भएकाले यहाँ सवारीचालकविहीन गाडी सञ्चालनको लागि उपयुक्त वातावरण छ। चाङ छुथोङका अनुसार, "यी 'स्मार्ट डेलिभरी कर्मचारी' हरू माइनस २८ डिग्री सेल्सियसको कठोर मौसममा पनि दैनिक १३० किलोमिटर सम्म स्थिर रूपमा पार्सल डेलिभरी गर्न सक्छन्। यसले हाम्रो कर्मचारीहरूको कार्यभार मात्र कम गरेको छैन, लागत पनि उल्लेखनीय रूपमा घटाएको छ।" उनले एउटा हिसाब पनि गरे: एउटा सवारीचालकविहीन गाडीले दैनिक औसत १००० वटा पार्सल डेलिभरी गर्न सक्छ, जसले गर्दा डेलिभरी समयमा ३० प्रतिशत सुधार र लागतमा ४० प्रतिशतको कमी आएको छ।

图片2

२४ घण्टा सञ्चालन हुने चालकविहीन स्टेसनको सहयोगमा, एक्सप्रेस कम्पनीहरूले केन्द्रीकृत रूपमा पार्सल डेलिभरी गर्न सकेका छन्, जसले डेलिभरी लागत घटाएको छ। यसले ग्रामीण इलाकामा पार्सल सेवालाई दिगो र प्रभावकारी बनाएको छ। उतुन गाउँकी याङ शुह्वाले भनिन्, "पहिले दिनभरि खेतमा काम गरेर साँझ फर्किँदा पार्सल स्टेसन बन्द भइसकेको हुन्थ्यो। सागसब्जी र फलफूल बिग्रिने डरले धेरै सामान अर्डर गर्न सकिन्थेन। अहिले भने जुनसुकै बेला कोड हालेर आफ्नो पार्सल लिन सकिन्छ। स्टेसनले कृषि उत्पादन पठाउने सेवा पनि दिन्छ, अब ली क्वाङ सिङ (एक प्रकारको स्थानीय फल) पाक्दा हामी यहीँबाट बजार पठाउन सक्छौं, निकै सजिलो भएको छ।"

ग्रामीण पार्सल वितरण प्रणालीको निरन्तर विकाससँगै, तुनहुआङले अहिले आफ्ना सबै ८ वटा गाउँपालिका र ५६ वटा गाउँमा पार्सल सेवा पुर्याइसकेको छ। तुनहुआङ हुलाक प्रशासन प्रमुख याङ सोएउले भने, "हामी भविष्यमा पनि दुर्गम र पार्सलको मात्रा कम हुने गाउँहरूमा सेवा पुर्याउन नयाँ मोडेलहरूको खोजी गरिरहनेछौं। हाम्रो उद्देश्य कृषि उत्पादनलाई सहरको बजारसम्म पुर्याउने 'पहिलो किलोमिटर' र उपभोग्य वस्तुलाई गाउँसम्म पुर्याउने 'अन्तिम किलोमिटर' लाई सहज बनाउनु हो।"

图片4

图片4

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर