नेभिगेसन मेनु

जनकपुर चुरोट कारखानासँगको बाँकी हिसाब मिलाउन २१ दिनको ताकेता
सम्पादक:南亚网络电视
समय:2026-10-12 11:25

janakpur_churot_karkhana (1)

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २६ गते । जनकपुर चुरोट कारखाना लिमिटेडले आफूसँग लेनदेन, कारोबार वा अन्य दायित्व बाँकी रहेका व्यक्ति तथा संस्थालाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ । कारखानाले सार्वजनिक सूचना जारी गर्दै दायित्वसम्बन्धी दाबी पेस गर्न २१ दिनको समय दिएको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कारखानाले सम्पत्ति तथा दायित्व मूल्याङ्कनसम्बन्धी काम सम्पन्न भएपछि दाबी पेस गर्न आह्वान गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले सम्पत्ति तथा दायित्व मूल्याङ्कनसम्बन्धी कार्य सम्पन्न गरेको सूचनामा उल्लेख छ ।

कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाले आफ्नो लेनदेन, कारोबार र बाँकी दायित्वसम्बन्धी विवरण प्रमाणसहित पेस गर्नुपर्नेछ । अदालत वा अन्य निकायबाट भएका फैसला तथा निर्णयअनुसार लिनुपर्ने वा दिनुपर्ने रकम, जग्गा रोक्का, बीमा, कर्मचारीका सेवा-सुविधालगायत विषयमा कुनै दाबी भएमा सम्बन्धित व्यक्ति वा संस्थाले तोकिएको समयभित्र सम्पर्क गर्नुपर्नेछ ।

त्यस्तै, कारखानालाई तिर्न वा बुझाउन बाँकी बक्यौता तथा अन्य दायित्व रहेका व्यक्ति वा संस्थाले पनि प्रमाणसहित विवरण पेस गर्नुपर्नेछ । कारखानाले तोकिएको २१ दिनभित्र कुनै दाबी प्राप्त नभएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ । त्यसपछि कारखानामाथि कुनै दाबी गर्न नपाइने व्यहोरासमेत सूचनामा उल्लेख छ ।

दाबी पेस गर्न चाहने व्यक्ति तथा संस्थाले जनकपुर चुरोट कारखाना लिमिटेडको उद्योग स्थल, जनकपुर, धनुषामा सम्पर्क गर्न सक्नेछन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर