नेभिगेसन मेनु

२०२५ पहिलो राष्ट्रिय “महान संस्कृति तथा कला सप्ताह” र “बाँदर राजा प्रतियोगिता” भव्य रूपमा उद्घाटन
सम्पादक:南亚网络电视
समय:2025-09-21 13:13

Weixin Image_20250920203751

एस ए टि भी, असोज ५: असोज ४ गते चिनको चियुवान शहरमा “चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा” नारा रहेको पहिलो राष्ट्रिय महान संस्कृति तथा कला सप्ताह र चीनको बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। यो कार्यक्रममा ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेका हुन्।

यस महोत्सवले चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिको गहिरो उत्खनन गर्ने, चियुवानको सांस्कृतिक–पर्यटन ब्रान्डलाई उन्नति गर्ने र “हनान घुमौं, चीन बुझौं” अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य लिएको छ।

उद्घाटन समारोहको आकर्षण

Weixin Image_20250920203816

कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुतिहरू देखाइएको थियो। करिब ३०० जना देशभरबाट आएका “सुन्दर बाँदर राजा” प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति दर्शकका लागि मुख्य आकर्षण रह्यो।

चीनका राष्ट्रिय सांस्कृतिक प्रतीक मानिने ‘सुन्दर बाँदर राजा’का कलाकार लियु स्याओ लिङ थोङ को पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

चीनको बाँदर पर्वत – नेपालको बाँदर मन्दिर (Monkey Temple) सांस्कृतिक संवाद

कार्यक्रमको विशेष क्षणमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच भिडियो संवाद गरियो।

यद्यपि यी दुइ ठाउँ हजारौँ कोष टाढा भएता पनि “बाँदर” भन्ने आध्यात्मिक प्रतीकका कारण एक आपसमा गहिरो सांस्कृतिक सम्बन्धमा बाँधिएका छन्।

यो अन्तर–संस्कृति प्रतिध्वनिले बाँदर पर्वत र बाँदर मन्दिरलाई चीन–नेपाल दुवै देशका जनताको साझा भावनात्मक प्रतीक बनाएको छ।

अन्तर्राष्ट्रिय सन्देशहरू

भिडियो मार्फत नेपालका पूर्व राजदूत र स्थानीय प्रतिनिधिहरूले हार्दिक सन्देश दिए:

lilamani houmiao

लिला मणि पौडेल, चीनका लागी पूर्व नेपाली राजदूतले भिडियो मार्फत नेपाल र चीनबीच सभ्यताको आरम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए। “बुद्ध, कन्फ्युसियस र महामञ्जुश्री जस्ता ऐतिहासिक व्यक्तित्वहरूले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिएका छन्। दुबै पक्षले यस सम्बन्धलाई अझ मजबुत बनाउन र जनस्तरमै मित्रता गहिरो पार्न निरन्तर काम गर्नुपर्छ। २०१८ मा बेइजिङस्थित नेपाली दूतावासमा लियु स्याओलिङथोङले नेपाली पर्यटन प्रवर्द्धनमा दिएको योगदान अविस्मरणीय छ।” उनले भने। साथै ‘साँस्कृतिक र सुन्दर चियुआन’ कार्यक्रमको पूर्ण सफलता र नेपाल–चीन मित्रता अमर रहोस् भनी शुभकामना पनि व्यक्त गरे।

bishnu pukar shrestha houmiao

विष्णु पुकार श्रेष्ठ, चीनका लागी पूर्व नेपाली राजदूतले चीन र नेपालको सम्बन्ध ऐतिहासिक पौराणिक र सांस्कृतिक रूपले अत्यन्तै गहिरो रहेको बताए।

“टेलिभिजन, रेडियो आदि माध्यमबाट सुन उखोङको चरित्र नेपालको युवा पुस्तामाझ लोकप्रिय भएको छ। यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धबारे जनचेतना बढाएको छ। चीनमा बाँदरलाई विद्रोह, न्याय र शक्तिको प्रतीक मानिन्छ भने नेपालमा बाँदरलाई बौद्ध धर्ममा संरक्षक र हिन्दू धर्ममा हनुमानसँग जोडिन्छ। यस्तो सांस्कृतिक सम्बन्धले जनस्तरमा मित्रता अझ गहिरो बनाउनेछ,” उनले भने।

tanka karki houmiao

टङ्क कार्की, चीनका लागी पूर्व नेपाली राजदूतले मञ्जुश्री बोधिसत्वले वुटाइ पर्वतबाट नेपाल भ्रमण गरेको किंवदन्ती स्मरण गरे। फासियान र ह्वेनसाङ जस्ता चिनियाँ भिक्षुहरूले लुम्बिनी, रामग्राम र कपिलवस्तु भ्रमण गरेको ऐतिहासिक प्रसङ्ग पनि उल्लेख गरे।

उहाँले आफ्नो मित्र लियु स्याओलिङथोङप्रति हार्दिकता प्रकट गर्दै भने:

“उनको अभिनयले संसारभरि सुन उखोङलाई जीवन्त बनाएको छ। यस्ता व्यक्तित्वहरूले राष्ट्रस्तर मात्र होइन, जनस्तरमै चीन–नेपाल मित्रतालाई मजबुत पारेका छन्।”

suwas kaji shrestha houmiao

“स्वयम्भूनाथ महाचैत्य (बाँदर मन्दिर) र चीनको बाँदर पर्वत दुबै २५०० वर्षको बौद्ध ज्ञानको प्रतीक हुन्। बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलन जनाउँछ। लियु स्याओलिङथोङले आफ्नो कलात्मक शक्तिबाट दुई देशका जनताको हृदय नजिक्याएका छन्।” यस कार्यक्रमका सुवास काजी श्रेष्ठ, धुलिखेल नगरपालिकाका प्रथम उपमेयरले भने।

Weixin Image_20250920203747

सांस्कृतिक शक्ति र विश्व कीर्तिमान

Weixin Image_20250920203740

लियु स्याओलिङथोङले कार्यक्रममा मन्तव्य दिँदै भने: “चाहे सुन उखोङको साहस होस् वा युकोंगले पर्वत सार्ने धैर्यता—यी सबै चिनियाँ परम्परागत संस्कृतिको सार हुन्। आशा छ, तपाईंहरूले प्रदर्शनको मज्जा लिँदै यस्ता संस्कृतिको शक्ति पनि अनुभव र संरक्षण गर्नुहुनेछ।”

Weixin Image_20250920203822

कार्यक्रमकै बिचमा “पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र” को उद्घाटन पनि गरिएको थियो। पछि, लियु स्याओलिङथोङले “सुन उखोङ” को पूर्ण पोशाकमा करिब ३०० जना “बाँदर राजाहरू”सँगै थाउटु पहाडमा विश्व किर्तिमान कायम गरेका थिए ।

सप्ताह व्यापी कार्यक्रम

Weixin Image_20250920203743

महान् पण्डित संस्कृति तथा कला सप्ताह सेप्टेम्बर २७ सम्म चल्नेछ।

यस अद्वितीय महोत्सवले लोककथा, कला प्रदर्शन र अन्तर्राष्ट्रिय संवादलाई एकै ठाउँमा जोड्दै, चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रको रूपमा पुनः स्थापित गरेको छ। यसले “सुन्दर बाँदर राजा” लाई विश्वसभ्यताबीचको पुलका रूपमा पुनः पुष्टि गरेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर