
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २९ गते । मुम्बई प्रहरीले बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ । मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा आयोजित निर्वाचन आयोग विरोधी प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनीविरुद्ध यो कारबाही अघि बढाएको हो ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गर्दै आयोजना गरिएको उक्त प्रदर्शनका क्रममा प्रहरीले खानलाई नियन्त्रणमा लिएको थियो । खान अमेरिकी नागरिक हुन् । उनीसँग ओभरसिज सिटिजन अफ इन्डिया ९ओसिएआई० कार्ड रहेको छ ।
मुम्बई प्रहरीका अनुसार खान भारतीय नागरिक नभएको र विदेशी नागरिक भएर पनि विरोध प्रदर्शनमा भाग लिएकाले उनीमाथि अप्रवासन ऐनअनुसार कारबाही सुरु गरिएको हो ।
यस ऐन अन्तर्गत, सरकारले भारतमा विदेशी नागरिकहरूको बसाइ र गतिविधिहरूमा विभिन्न सर्तहरू तोक्न सक्छ ।
देश निकाला गर्न भाजपा नेताले माग
यसअघि, भारतीय जनता पार्टी मुम्बई प्रहरीले बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ (भाजपा) का पूर्वसांसद किरित सोमैयाले विदेशी नागरिक भएर पनि कक्रोच जनता पार्टी (सिजेपी) को समर्थनमा आयोजित प्रदर्शनमा सहभागी भएको भन्दै खानमाथि कारबाही गर्न मुम्बई प्रहरीलाई पत्र लेखेका थिए ।
उक्त पत्रमा सोमैयाले विदेशी नागरिकलाई भारतमा यसरी आन्दोलनमा सहभागी हुने कानुनी अनुमति छ वा छैन भनी प्रश्न गरेका थिए । सोमैयाले खानले प्रदर्शनमा सहभागी हुन पूर्वस्वीकृति लिए नलिएकोबारे अनुसन्धान गर्न र उनीमाथि उचित कदम चाल्न प्रहरीसमक्ष माग गरेका थिए ।
साथै सामाजिक सञ्जालमार्फत उनले अभिनेता खानलाई तत्काल देश निकाला गरिनुपर्ने बताएका थिए ।














