नेभिगेसन मेनु

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल
सम्पादक:南亚网络电视
समय:2026-06-19 14:08

 

 DSC09980

पाख्रिबास (धनकुटा), असार ५ गते ।लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्।

असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोकेको मलसमेत सुक्न थालेपछी किसान थप चिन्तित बनेका छन्।पाख्रिबास नगरपालिका–५ भैसेका किसानले प्रत्येक वर्ष मकै, कोदो तथा अन्य नगदेबाली लगाउने गरेका छन्।

सामान्यतया यस समयमा मकै गोडमेल गर्ने बेला हुने भए पनि यस वर्ष खडेरीका कारण अधिकांश बारी खाली रहेको स्थानीय बताउँछन्।स्थानीय किसान सन्तोष भुजेलले फागुनको अन्तिम सातातिर परेको सामान्य वर्षापछि बारीमा मल बोकेको भए पनि त्यसयता पानी नपरेकाले खेती गर्न नसकिएको बताउनुभयो।

“करिब तीन महिना हुन लाग्यो पानी परेको छैन। खेतीपाती गर्ने जग्गा बाँझै छन्,” उहाँले भन्नुभयो।उहाँका अनुसार यस समयमा चारैतिर हरियाली देखिनुपर्ने भए पनि बारीहरू सुख्खा छन्। बाली लगाउन नपाउँदा पशुचौपायाका लागि आवश्यक घाँसको समेत अभाव हुन थालेको उहाँको भनाइ छ।स्थानीय गङ्गामाया भुजेलले आर्थिक अवस्था कमजोर भएकाले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ जान नसकेको बताउनुभयो।

पर्याप्त वर्षा नहुँदा वर्षेनी खेतीपातीमा समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो।“सात रोपनीभन्दा बढी क्षेत्रमा मकै लगाउने गर्थे। बारीमा मल बोकेको तीन महिना हुन लाग्यो, अझै पानी आएको छैन। 

के गर्ने, के खाने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो।दियालेकी टङ्कमाया निरौलाले समयमै जोतखन गरे पनि सिँचाइको अभावमा मकै तथा तरकारी खेती गर्न नपाएको बताउनुभयो।

खडेरीका कारण दैनिक उपभोगका लागि आवश्यक सागसब्जी उत्पादनसमेत प्रभावित भएको उहाँको भनाइ छ।स्थानीयवासीले नजिकै बग्ने अरुण नदीबाट लिफ्टिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्न सके कृषिमा ठूलो राहत पुग्ने बताएका छन्।

लामो खडेरीका कारण जिल्लाका तल्लो भूभागका अधिकांश खेतीयोग्य जमिन असारको पहिलो सातासम्म पनि बाँझै रहेका छन्।

समयमै वर्षा नहुँदा किसान चिन्तित बनेका छन् भने कृषि उत्पादनमा समेत असर पर्ने देखिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर