नेभिगेसन मेनु

नारायणगढ–मुग्लिन सडक भासियो
सम्पादक:南亚网络电视
समय:2026-09-27 12:21

 

 sadak-(1)

नारायणगढ असोज ११ गते । नारायणगढ–मुग्लिन सडकक‍ो सिमलतालमा सडक भासिएको छ । 

आइतबार बिहान ८ः४५ बजेतिर मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने स्थानमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

सडक भासिएपछि एकतर्फी मात्रै सडक सञ्चालन भएको छ । यता, अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ ।

भरतपुर महानगर पालिका वडा नम्बर–१६ को गुम्बाचोक, झनझने र शरणपुर क्षेत्र र १७ को मजुवा क्षेत्रमा नारायणी नदीले डुबान गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो क्षेत्रमा अहिले सम्म २६० घर डुबानमा परिसकेको छ ।

नारायणगढ र देवघाटमा पनि डुबान भएको छ । नदी किनारको गौरेश्वर मन्दिर, आधारभूत विद्यालयसहित नदी किनारमा रहेका केही घर डुबानमा परेको प्रजिअ अर्यालले बताउनुभयो । 

यस्तै, माडीमा पनि रिउ खोलाले डुबान गरेको उहाँले जनाउनुभयो । यो क्षेत्रमा भएको क्षतिकाबारेमा भने अहिलेसम्म सूचना प्राप्त भएको छैन ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरू उद्दारमा खटिएका छन् । उता पूर्वी नवलपरासी गैँडाकोटमा पनि नारायणी नदीमा डुबान भएको छ ।

नदी तटीय क्षेत्रमा रहेका द नारायणी रिसोर्ट, होटल रिभर क्राउन लगायतका संरचनाहरूमा डुबानको असर परेको स्थानीय ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाकोटको नदी किनार क्षेत्रका घरहरू पनि डुबानमा परेका छन् ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर