नेभिगेसन मेनु

विपतकाे उच्च जोखिममा वीरेन्द्रनगर
सम्पादक:南亚网络电视
समय:2026-06-19 14:14

 

 birendranagar-skt-rajani-(1)

सुर्खेत, असार ५ गते । वीरेन्द्रनगर नगरपालिकाका लगभग १८ हजारभन्दा बढी घरधुरी विभिन्न खाले प्राकृतिक प्रकोप र विपत्को उच्च जोखिममा रहेको पाइएको छ । विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनले यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको जनाएको छ । नगरपालिकाको १६ वटै वडामा रहेका २९ हजार २१६ घरधुरीमध्ये १७ हजार ९४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका छन् । नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुबानलगायतको जोखिम उच्च रहेको छ । वडा नम्बर–१२ को खोरिया, १३ को अधिकांश भूभाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडामा बसोबास गर्ने एक हजार ३३५ घरधुरीमध्ये ६६७ घरमा पहिरोको जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ । वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । 

त्यस्तै वडा नम्बर ९ र १० डुबानको उच्च जोखिममा छन् । बाढी र डुबानबाट आंशिक र पूर्ण गरी एक हजार दुई सयभन्दा बढी घरधुरी प्रभावित हुने देखिएको छ । वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ । नगरका २२५ घरधुरी आगलागीको जोखिममा छन् । नगरले तयार पारेको यो प्रतिवेदन विपत्को अनुमानित अवस्थाको अध्ययन भएको पौडेलले बताउनुभयो । वीरेन्द्रनगर भूकम्पको समेत जोखिममा रहेको छ । भूकम्प गए यहाँका पाँच हजार ८४३ घरधुरी पूर्ण र १५ हजार १९२ घरधुरीमा आंशिक क्षति पुग्ने अनुमान गरिएको छ । 

वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार हाल नगरमा एक लाख १५ हजार बढीको बसोबास छ । नगरपालिकाले विभिन्न चरणमा गरेर विपत् प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । बढ्दो अव्यवस्थित बस्तीका कारण पनि वीरेन्द्रनगर विपत्को जोखिममा छ । प्रमुख ढकालले नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ को अधिकार क्षेत्रभित्र रहेर पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । 

यसै अनुरूप कार्यक्रम तथा बजेट निर्माणका साथै सम्भावित जोखिमका क्षेत्र पहिल्याउन र सोही अनुसार न्यूनीकरणका लागि कार्य गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । प्रदेश सरकारले नीति नै निर्माण गरेर विपत्को सामना गर्ने खालका कार्यक्रम कार्यान्वयन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कमजोर भूवनावटका कारण कर्णाली प्रदेश नै विपत्को उच्च जोखिममा छ । वर्षामा बाढीपहिरोबाट ठुलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट जनधनको नाश भइरहेको छ । 

प्राकृतिक विपत्ले कर्णालीलाई छाडेको छैन । राजधानीबाट टाढाको भौगोलिक दुरीमा रहेको कर्णालीको विपत् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ न त पीडितले नै समयमै राहत पाएका छन् । पछिल्लो समय बनेका सडक पूर्वाधारलगायतका संरचनाका कारण कतिपय ठाउँमा बस्ती नै जोखिममा पर्ने गरेका छन् । अहिले आएको बेमौसमी बाढीले झन् ठुलो क्षति पु¥याइरहेको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर