नेभिगेसन मेनु

२४औँ जेसीज कप फुटबल मंसिर १४ देखि
सम्पादक:南亚网络电视
समय:2026-09-25 12:42

 

 JCI-Cup-Football

म्याग्दी, असोज ९ गते । अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको २४औँ संस्करण आगामी मंसिर १४ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।

म्याग्दी जेसीजको आयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न २० वटा उपसमिति गठन गरी तयारी अघि बढाएको छ। म्याग्दी जेसीजका कोषाध्यक्ष प्रतिश श्रेष्ठको मूल संयोजकत्वमा प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो।

एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित ५५ हजार ५ सय ५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित ३५ हजार ५ सय ५५ रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षक र अनुशासित टोलीलाई जनही दुई हजार पाँच सय रुपियाँ नगदसहित ट्रफी प्रदान गरिने मूल संयोजक प्रतिश श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै टोलीलाई पुरस्कृत गरिनेछ। फाइनल पुग्ने टोलीले मात्र पुरस्कार पाउने नभई सेमिफाइनलबाट बाहिरिने दुई टोलीलाई समेत पाँच–पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि सात लाख ७४ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको म्याग्दी जेसीजका महासचिव गोकुल सुनारले जानकारी दिनुभयो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर