नेभिगेसन मेनु

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
सम्पादक:南亚网络电视
समय:2026-10-15 11:19

Accident

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २९ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

दुर्घटनामा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन् ।

दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने शिशिरको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटाको टाउको र ढाडमा चोट लागेको छ ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको डीएसपी पुरीले बताए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनास्थल प्रहरी चौकी जुनीचाँदेबाट करिब सात किलोमिटर पूर्व–उत्तरमा पर्छ ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी