नेभिगेसन मेनु

सप्तरी भन्सारद्वारा गत आवमा सात करोड ४२ लाख राजस्व सङ्कलन
सम्पादक:南亚网络电视
समय:2026-07-29 12:21

 

 -rajaswo

जनकपुरधाम,  साउन १३ गते ।  जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । 

अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर