नेभिगेसन मेनु

अशक्तलाई घरदैलोमै राष्ट्रिय परिचयपत्र
सम्पादक:南亚网络电视
समय:2026-07-29 12:23

 

 211

बागलुङ, साउन १३ गते । गलकोट नगरपालिकाका अशक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमै राष्ट्रिय परिचयपत्र प्रदान गर्न थालिएको छ । जनप्रतिनिधि र कर्मचारीको टोलीले घरदैलो गरी गलकोट नगरपालिका वडा नं. ५, हरिचौर र वडा नं. ६, चरौँदीका अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेको हो ।

२०७९ सालको राष्ट्रिय परिचयपत्र दर्ता अभियान अन्तर्गत तयार भएका परिचयपत्र वडा कार्यालयको समन्वयमा वितरण गरिएको हरिचौरका वडाध्यक्ष पवन हमालले जानकारी दिनुभयो । साउन ३ देखि ७ गतेसम्म एक हजार १५० परिचयपत्रमध्ये ८६० थान वितरण गरिएको छ भने ५० नयाँ दर्ता गरिएको छ ।

“अशक्त तथा घरबाट बाहिर निस्कन नसक्ने ज्येष्ठ नागरिकको सहजताका लागि घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरियो,” हमालले भन्नुभयो । १५० परिचयपत्र प्राविधिक कारणले प्राप्त नहुँदा केही सेवाग्राहीलाई सेवा दिन नसकिएको हमालले बताउनुभयो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडा कार्यालयबाटै परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाएको हो । 

गलकोट–६, चरौँदीले पनि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र लिनकै लागि सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलोको स्थानीय तहबाट सेवा लिने वातावरण बनाइएको वडाध्यक्ष रामप्रसाद कँडेलले उल्लेख गर्नुभयो । “स्थानीय सरकारको दायित्व नै नागरिकलाई सहज तरिकाले सेवा पु¥याउनु हो, हामी त्यसमा लागिपरेका छौँ,” कँडेलले भन्नुभयो । परिचपत्रको नयाँ आवेदन भर्ने व्यवस्थासमेत वडा कार्यालयबाट गरिएको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर