नेभिगेसन मेनु

राष्ट्रिय टोलीको क्याम्प छोडेर स्वदेश फर्किए रोनाल्डो
सम्पादक:南亚网络电视
समय:2026-10-01 16:11

ronaldo-1_zZXEvifGfS

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १५ गते । पोर्चुगाली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको क्याम्प छाडेर मड्रिड फर्किएका छन्।

पोर्चुगलको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जर्ज जेसससँगको मतभेदका कारण नै रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेको अनुमान गरिएको छ। क्याम्प छाडेर मड्रिड फर्किएका रोनाल्डोले परिवारसँग छलफल गरेका छन्। जर्ज जेसससँग के भएको थियो भन्नेबारे बताउने विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मड्रिड फर्किनुअघि रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफुले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेको जानकारी गराएका थिए। रोनाल्डोले क्याम्प छाड्नुको कारण भने समय आएपछि बताउने भनेका छन्। रोनाल्डोले मुख्य प्रशिक्षक जर्ज जेसससँगको विवादका कारण टोलीको प्रशिक्षण छोडको अनुमान गरिएको छ।

रोनाल्डोले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सोचेको बताए पनि आफ्नो करियरको एक हजार गोल पूरा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय फुटबल करियरलाई जारी राख्ने बताएका थिए।

इन्टरनेशनल ब्रेकको समयमा जेससद्धारा घोषित २५ सदस्यीय टोलीमा रोनाल्डो पनि थिए। नर्वेविरुद्ध पोर्चुगलले २–१ गोल अन्तरले जित हात पारेको खेलमा रोनाल्डो बेन्चमा नै थिए। डेनमार्कमा पनि रोनाल्डो आफ्ना सहकर्मीसँग टोलीमा थिएनन्।

रोनाल्डो ब्याकरुम स्टाफका साथमा पार्केन रगंशालाबाट बाहिरिँदै गरेको भिडिओ पोर्चुगलका सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।

त्यसपछि उनले सामाजिक सञ्जालमार्फत क्याम्प छाडेको बताएका थिए। उनले पोर्चुगल फुटबल फेरेडेसनसँग कुरा गरेर राष्ट्रिय टोलीको क्याम्प छाडेको उल्लेख गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर