नेभिगेसन मेनु

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
सम्पादक:南亚网络电视
समय:2026-10-15 15:02

madira

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २९ गते । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन् । प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ ।

बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी