नेभिगेसन मेनु

सातौँ पुल्चोक कप छात्रा फुटबल सुरु
सम्पादक:南亚网络电视
समय:2026-09-23 12:56

 

 Pulchok-1

रेसुङ्गा (गुल्मी), असोज ७ गते । गुल्मीको पुल्चोक स्पोर्ट्स क्लबको आयोजनामा सातौँ पुल्चोक कप खुला विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो ।

रेसुङ्गा नगरपालिका–७ उनायचौरमा मङ्गलबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ विद्यालय सहभागी भएका छन् । प्रतियोगिता कक्षा १० सम्म र कक्षा ११ तथा १२ का छात्राका लागि गरी दुई तहमा सञ्चालन हुने क्लबले जनाएको छ ।

कक्षा १० सम्मको प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय, ब्रिलियन्ट युनाइटेड एकेडेमी, महेन्द्र माध्यमिक विद्यालय, अर्जुन इङ्लिस बोर्डिङ स्कुल, गण्डकी इङ्लिस बोर्डिङ स्कुल, आदर्श विद्या आश्रम, जसहयोग माध्यमिक विद्यालय, उपल्लो तम्घास माध्यमिक विद्यालय, लिटिल स्टार बोर्डिङ स्कुल र रेसुङ्गा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

त्यसैगरी, कक्षा ११ र १२ स्तरीय प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, रेसुङ्गा माध्यमिक विद्यालय र तम्घास टेक्निकल शिक्षालय गरी चार विद्यालयले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव उमेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ३५ हजार ५५५ र उपविजेतालाई २५ हजार ५५५ रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव पाण्डेले बताउनुभयो । प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ओमकार नामको साइकल प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिताको ट्रफी शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिले सौजन्य गरेको छ ।

क्लबले प्रत्येक वर्ष जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । छात्रामा फुटबल खेलप्रति रुचि र सहभागिता अभिवृद्धि गर्दै प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने र शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन, नेतृत्व तथा सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रञ्जिल श्रेष्ठले बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर