साउथ एसिया नेटवर्क टिभि, काठमाडौ, असोज २९ – पछिल्ला दिनमा केहि स्थिर रहेको चिनिया युआन लगायत अमेरिकी डलर तथा जापानी येनको मूल्यमा वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले मंगलबारका लागि सार्बजनिक गरेको विदेशी विनिमय दर अनुसार चिनीयाँ युआनसँगै डलर र जापनीज येनको मूल्यमा वृद्धि देखिएको हो । विशेषगरी चिनीयाँ युआनको खरिद दर २२ रुपैयाँ ८४ पैसा र बिक्री दर २२ रुपैयाँ ९३ पैसा सम्म पुगेको छ। अघिल्लो दिन सोमबार युआनको खरिददर २२ रुपैयाँ ७९ पैसा र विक्रीदर २२ रुपैयाँ ८८ पैसा थियो ।
यस्तै सोमबारको तुलनामा अमेरिकी डलरको मूल्यमा समेत केही वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर २७ पैसाले बढेको हो । अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
यस्तो छ आजका लागि राष्ट्रबैंकले तोकेको अन्य विनिमयदर ।

Source : Nrb


















