नेभिगेसन मेनु

हिमालय एअरलाइन्स्को ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु
सम्पादक:南亚网络电视
समय:2026-10-01 14:21

IMG_8266

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १५– हिमालय एअरलाइन्स्ले नेपालको राजधानी काठमाडौँ र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गरेको छ ।

सेप्टेम्बर ३०, २०२६, बुधबार देखि सुरु भएको यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ जुन एअरलाइन्स्का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हो ।

हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, नेपालबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गरेको छ । यो ऐतिहासिक उडान सेवा बुधबार, सेप्टेम्बर ३०, २०२६, देखि सञ्चालनमा आएको छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।

नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ । काठमाडौँ–हाङझाउ–काठमाडौँ उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने प्रतिबद्धतालाई जोड दिने विज्ञप्तीमा उल्लेख छ ।

‘हामीले काठमाडौँ–हाङझाउ–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गर्दैछौँ । काठमाडौँबाट हाङझाउका लागि उडान प्रत्येक आइतबार र बुधबार प्रस्थान हुन्छ भने हाङझाउबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक सोमबार र बिहिबार सञ्चालन हुनेछ ।’ विज्ञप्तीमा भनिएको छ ।

काठमाडौँ–हाङझाउ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार सेप्टेम्बर ३०, २०२६ साझ ०५ः३७ बजे प्रस्थान गरी अक्टोबर ०१ को बिहान चीनको स्थानीय समयअनुसार ०१ः०८ बजे हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण ग¥यो । त्यसैगरी, हाङझाउ–काठमाडौ उडानले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोबर ०१, २०२६, मा स्थानीय समयअनुसार ०३ः१८ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६ः२८ मा काठमाडौँ १५४ चिनियाँ पर्यटक सहित अवतरण गर्यो ।

यो नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको छ । यस पहलका साथ, हामीले काठमाडौँ–हाङझाउ–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ ।

हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा समेत गरिएको छ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु भएकोे ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ उडान बारे जानकारी दिदै भने, “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ । काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स्को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो ऐतिहासिक उडानको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।”

हिमालय एअरलाइन्स्सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–हाङझाउ–काठमाडौँ उडानको टिकट बुक गर्न सकिनेछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर