नेभिगेसन मेनु

म्याच फिक्सिङमा सर्बियन टेनिस खेलाडी मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध
सम्पादक:南亚网络电视
समय:2026-10-16 16:27

tennis

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज ३० गते । सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा २४ वर्षको प्रतिबन्ध लगाइएको छ।टेनिसमा आजीवन प्रतिबन्धबाहेक भ्रष्टाचारविरुद्धको अनुसन्धानबाट लगाइएका कडा कारबाहीमध्ये यो एक हो ।

अन्तर्राष्ट्रिय टेनिस अखण्डता प्राधिकरण (आईटीआईए) का अनुसार २९ वर्षीय मिलिसेभिचमाथि आफू सहभागी भएका पाँच खेलसहित कुल ६ खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। सन् २०२२ देखि २०२४ सम्म थप ६ खेलमा फिक्सिङ गर्ने प्रयास गरेको आरोप पनि उनीमाथि छ।

व्यावसायिक टेनिसको तल्लो तहमा खेल्दै आएका मिलिसेभिचमाथि भ्रष्ट सञ्जालको हिस्साका रूपमा अन्य व्यावसायिक खेलाडीलाई भर्ती गरेको वा भर्ती गर्ने प्रयास गरेको आरोपसमेत लागेको छ। आईटीआईएका अनुसार उनीमार्फत भर्ती गरिएका खेलाडीमाथि पनि म्याच फिक्सिङको आरोप छ।

प्रतिबन्धको अवधि लामो हुनुमा अनुसन्धानमा असहयोग गर्नु पनि प्रमुख कारण रहेको आईटीआईएले जनाएको छ। स्वतन्त्र अनुसन्धान संस्थाले सातपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि मिलिसेभिचले अनुसन्धान प्रक्रियामा सहभागी नभएको आईटीआईएको भनाइ छ।

उनलाई ५३ हजार पाउन्ड जरिवानासमेत गरिएको छ। प्रतिबन्ध अक्टोबर २०५० मा सकिनेछ। त्यसबेला उनी ५३ वर्षका हुनेछन्। प्रतिबन्ध अवधिभर उनले विश्व टेनिस, महिला टेनिस संघ (डब्लूटीए), एटीपी, ग्रान्डस्लाम वा कुनै राष्ट्रिय टेनिस संघले आयोजना वा मान्यता दिएका प्रतियोगितामा खेल्न, प्रशिक्षकका रूपमा सहभागी हुन वा उपस्थित हुन पाउने छैनन्।

यसअघि गत डिसेम्बरमा फ्रान्सका टेनिस खेलाडी क्वेन्टिन फोलियोलाई पनि म्याच फिक्सिङमा संलग्न खेलाडीहरूको सञ्जालमा केन्द्रीय भूमिका खेलेको ठहर गर्दै २० वर्षको प्रतिबन्ध लगाइएको थियो। सन् २०२२ मा विश्व वरीयतामा ४८८औँ स्थानसम्म पुगेका फोलियोले सन् २०२२ देखि २०२४ सम्म भएका ११ खेलसँग सम्बन्धित आरोप अस्वीकार गरेका थिए। तीमध्ये आठ खेलमा उनी आफैँ सहभागी थिए। तर सुनुवाइका क्रममा ११ मध्ये १० खेलसँग सम्बन्धित ३० आरोपमध्ये २७ वटा पुष्टि भएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी