नेभिगेसन मेनु

श्रमिकको मुद्धा बोकेर कांग्रेस महाधिवेशनमा अघि बढे सुनिल केसी
सम्पादक:南亚网络电视
समय:2026-10-05 14:06

kc

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी रहँदा युवा नेता तथा समाजसेवी सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

लामो समयदेखि सुरक्षा क्षेत्र, व्यवसाय तथा समाजसेवामा सक्रिय केसीले श्रमिक वर्गको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्। बुढानीलकण्ठ नगरपालिका–८ निवासी केसी काठमाडौं क्षेत्र नं ४ बाट मजदुर क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसको नीति, सिद्धान्त तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै पार्टीको संगठन सुदृढीकरणसँगै श्रमिक तथा युवाका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

करिब एक दशकदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका केसीले २ हजारभन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारीसँग जोडेको बताइएको छ। उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले श्रमिकको सम्मान, रोजगारीको सुरक्षा तथा अवसर विस्तारका विषयमा राज्य र राजनीतिक दलले थप ध्यान दिनुपर्ने धारणा राखेका छन्।

केसीले श्रमिक वर्ग केवल श्रम गर्ने जनशक्ति मात्र नभई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै उनीहरूको आवाज नीति निर्माणको तहसम्म पुग्न आवश्यक रहेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा लिएका केसीले युवा पुस्ता, श्रमिक वर्ग र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको राजनीतिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि आग्रह गर्दै आगामी दिनमा राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर