
दक्षिण एशिया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २० गते । नेपाली काङ्ग्रेसको१५ औं महाधिवेशनमा युवा नेता तथा समाजसेवी सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन् ।
श्रमिकको हक, अधिकार, सम्मान र हितलाई प्राथमिकतामा राख्दै केसीले उचित पारीश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, रोजगारीको सुरक्षा तथा श्रमिकका समस्या नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता अघि सार्दै आफ्नो उम्मेद्बारी दिएका हुन् ।
त्यस्तै उनले अनौपचारिक क्षेत्रका श्रमिकको अधिकार संरक्षण, महिला श्रमिकका बिशेष अधिकार, सीप विकास तथा रोजगारीका अवसर विस्तार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षालाई समेत उनले आफ्नो प्रमुख एजेन्डामा समेटेका छन् ।



















