
काठमाडौँ, साउन ३० गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला पानीले टम्म भरिएको छ ।
सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानी, स्पार्पुगाउँ र दहगाउँको काखमा रहेको यो तालको सुन्दरताले पर्यटक लोभिने गरेका छन् । तालको सुन्दर दृश्य हेर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।













