नेभिगेसन मेनु

उत्तर–पश्चिमी पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-09-27 12:28

 

 pakistan

डेरा इस्माइल खान (पाकिस्तान), असोज १०  गते । उत्तर–पश्चिमी पाकिस्तानमा शनिबार सडकछेउको प्रहरी जाँच चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन विस्फोट गराउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।

प्रान्तीय आपतकालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा उक्त आक्रमण भएको हो । प्रहरीले मृतक तथा घाइतेलाई नजिकैका अस्पतालमा पुर्‍याइएको जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले बताएका छन् ।

पाकिस्तानी तालिबानका रूपमा चिनिने तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्तिमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानमा पछिल्ला वर्षमा लडाकु समूहका आक्रमण बढ्दै गएका छन् । तीमध्ये धेरै आक्रमणको जिम्मेवारी टीटीपी तथा छिमेकी बलुचिस्तान प्रान्तमा मुख्य रूपमा सक्रिय पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिने गरेका छन् । दुवै समूह पाकिस्तानमा प्रतिबन्धित छन् ।

टीटीपी अफगानिस्तानको सत्तामा रहेको तालिबानभन्दा अलग सङ्गठन हो । यद्यपि, यी समूहबीच सम्बन्ध र गठबन्धन रहेको बताइन्छ । अफगान तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएको थियो । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर