नेभिगेसन मेनु

लौरो नाटकको मञ्चन
सम्पादक:南亚网络电视
समय:2026-09-10 17:09

 

 Lauro-1

काठमाडौँ, भदौ २५ गते । नाटक  ‘लौरो’ को मञ्चन भएको छ । ललितपुर –१५, सातदोबाटोस्थित ब्राइटफ्युचर माध्यमिक विधालयका बिधार्थीहरु अभिनित नाटक बुधवारबाट कुञ्ज थियटरमा सुरु भएको हो। 

नाटक हजुरबुवा र नातिनीको सम्बन्धको कथा छ। नाटकले देशको वर्तमान अवस्थालाई दर्शाउनुका साथै युवाहरु विदेश पलायन हुँँदै गइरहेको अवस्था र गाउँमा युवाहरु रित्तिदै गएको कुरालाई उजागर गर्छ । नाटकमा गाउँमा युवाहरूको अभाव, बुढा बुवा आमाको एक्लोपन, पारिवारिक दूरी देखाइएको छ।

संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्ट, लगायतको अभिनय रहेको नाटकको मञ्च व्यवस्थापन प्रसिज घिमिरेले, प्रप्स व्यवस्थापन रेश्मी राईले, प्रकाश परिकल्पना प्रकाश दाहालले गरेका छन् । रुबिन सुनार सहायक निर्देशकको रुपमा देखिएका नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गर्नुभएको हो । 

बुवाआमाको भावनालाई अभिव्यक्त गर्न माध्यम नाटक लौरो भएको निर्देशक अवस्थीले बताउनुभयो । नाटक मेरो परिवार मात्रै नभएर धेरैको पारिवारिक कथा हो । बुवा आमाको भावनालाई अभिव्यक्त गर्न माध्यम नाटक लौरो भएको निर्देशक अवस्थीले बताउनुभयो । नाटक मेरो परिवार मात्र नभएर धेरैको पारिवारिक कथा हो। 

नाटक मञ्चनले विधार्थीलाई अभिनयको सिप मात्र नभई संवादकला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विधालयका प्रशासण प्रमुख रामरमण हुमागाईले बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर