
दक्षिण एसिया नेटवर्क टिभि, काठमाडौ, असोज २९ – हिमालय एअरलाइन्स् (IATA: H9)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) , काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) , सांघाईबीच सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ ।
हिमालय एअरलाइन्स्को उडान नम्बर H9 780 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँ बाट सेप्टेम्बर २८ मा साँभफ् ०७ः११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान सेप्टेम्बर २९ बिहान चिनियाँ समय अनुसार ०२ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल ९एख्न्० मा अवतरण गर्यो । त्यसैगरि, उडान नम्बर ज्ढ ठडज्ञ सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बाट काठमाडौँका लागि सेप्टेम्बर २९ मा चिनियाँ समय अनुसार बिहान ०४ः३६ मा प्रस्थान गरि सोहि दिन नेपाली समय अनुसार बिहान ०८ः१३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । यस उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित भएको छ ।हिमालय एअरलाइन्स्ले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्दैछ । काठमाडौं–सांघाई तर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं पर्फ्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । एअरलाइन्स्ले यात्रुको माग तथा उडानको यात्रु भार का आधारमा आगामी दिनमा उडान संख्या थप गर्नेछ ।काठमाडौँ–सांघाई–काठमाडौँ उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्दैछ । काठमाडौँ–सांघाई–काठमाडौँले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई थप मजबुत बनाएकोछ । साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ ।नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्याउने हाम्रो अपेक्षा छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिका लक्ष्यलाई समेत सहयोग पुर्याउनेछ ।
|
Sector |
Effective Dates |
Days |
Departure |
Arrival |
|
KTM-PVG |
28th Sep-23rd Oct |
Monday, Friday |
18:25 |
02:00+1 |
|
PVG-KTM |
29th Sep-24th Oct |
Tuesday, Saturday |
03:00 |
07:10 |
नोटः उल्लेखित सबै समय स्थानीय समयअनुसार हुन् । +१ ले अर्को दिन आगमन हुने जनाउँछ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष श्री विजय श्रेष्ठले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालन भएको बारे जानकारी दिदै भन्नुभयो, “ हिमालय एअरलाइन्स् नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन तत्पर छ । हामीले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएका छौँ । काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा पूनः सुरु हुन लागेको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स्को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यस रुटमापफर््त हिमालय एअरलाइन्स्ले यात्रुलाई अविस्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्चतम मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ ।”
हिमालय एअरलाइन्स्सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट www.himalaya-airlines.com र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–सांघाई–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।


















