नेभिगेसन मेनु

पलेँटीमा शाहका गीत गुन्जिने
सम्पादक:南亚网络电视
समय:2026-09-03 12:19

 

 Untitled-1---2026-08-27T100015.997

काठमाडौँ, भदौ १८ गते । गीतकार तथा अभिनेता नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने भएका छन् । हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक ‘पलेँटी’ कार्यक्रममा शाहद्वारा रचित गीत सुन्न पाइने भएको हो । शाह लामो समयदेखि नेपाली चलचित्र  क्षेत्रमा क्रियाशील रहँदै आएका अभिनेता तथा निर्देशक हुनुहुन्छ । उहाँले रचना गर्नुभएका गीतले लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रलाई तरङ्गित बनाउँदै आएको छ ।

उहाँका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका कालजयी गीत रहेका छन् । शाहद्वारा रचित चलचित्रका गीतमा ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ पनि लोकप्रिय छन् । सङ्गीतकार नातिकाजी, शम्भुजित बाँस्कोटा, सिके रसाइली र दीप श्रेष्ठले धुन भरेका शाहका गीत ‘पलेँटी’ मा प्रस्तुत हुन लागेका हुन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर