नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेशपछि सँधै वाहवाही मात्र कमाएको नेपाली क्रिकेट टिमले पछिल्लो एसियाडबाट आफ्नो छवि अझ उच्च पारेको छ ।
सम्पादक:南亚网络电视
समय:2026-09-27 13:09

 

 2345

नागोया (जापान), असोज ११ गते । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेशपछि सँधै वाहवाही मात्र कमाएको नेपाली क्रिकेट टिमले पछिल्लो एसियाडबाट आफ्नो छवि अझ उच्च पारेको छ । 

ह्वाङजाउ एसियाडमा मङ्गोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा आठ छक्का र दुई रनसहित अर्धशतक बनाएर कहिल्यै नतोडिने विश्व कीर्तिमान बनाउनुभयो । कुशल मल्लले पनि ५० बलमा अविजित १३७ रन बनाएर टी–२० मा सर्वाधिक तेज शतकको विश्व कीर्तिमान तोड्नुभयो । सो खेलमा नेपालले सर्वाधिक २६ छक्काको विश्व कीर्तिमान पनि बनाएको थियो । टी–२० संरचनाका लगभग सबै जसो विश्व कीर्तिमान आफ्नो नाममा लेखाएर विश्व क्रिकेटको ध्यान तानेपछि नेपाललाई एसियाडमा पदकको दाबेदारका रूपमा हेरिएको थियो तर क्वाटरफाइनलमा उपाधि विजेता भारतसँग परेपछि नेपाललाई घाटा भयो । यद्यपि नेपालले भारतलाई पनि आच्छु आच्छु पारेको थियो ।

सोबेला खाली हात फर्केको नेपाली क्रिकेट टोलीबाट समर्थकले आइची नागोया एसियाडमा पदकको अपेक्षा गरेको छ । बलियो अफगानिस्तान र आयोजक जापान रहेको समूह ‘ए’ बाट विजेता बनेर क्वाटरफाइनल पुगेपछि नेपालबाट पदकको आशा गरिएको हो । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले सजिलै हराएको थियो । अफगानिस्तान पछिल्ला दुई एसियाड अन्तर्गत क्रिकेटमा रजत पदक हात पार्ने टिम हो ।

“अफगानिस्तानलाई हराउन चार विकेट लिएर महत्वपूर्ण योगदान दिने कुशल भुर्तेलले यसपालि एसियाली खेलकुदमा पदक जित्ने राम्रो अवसर छ,” भन्नुभएको छ । “एसियाडको क्रिकेटमा पदक जित्नु हाम्रा लागि ठुलो कुरा हो । अहिले टोली लयमा रहेको छ । लगातार खेल जितिरहेका छौँ । हामी आफ्नोतर्फबाट शतप्रतिशत खेल्ने छौँ मलाई लाग्छ यसपालि हामी पदक जित्ने छौँ,” भुर्तेलले भन्नुभयो । 

नागोयास्थित कोरोगी एथलेटिक पार्कको पिच नेपालबाट पदकको आशा हुनुको अर्को कारण हो । कोरोगी एथलेटिक पार्कमा स्पिन विकेट हो । नेपालको सुदृढ पक्ष स्पिन बलिङ नै हो । ललित राजवंशी अफगानिस्तानविरुद्धको खेलमा खेल्नै नसिकने बलरका रूपमा प्रस्तुत भएको थियो । पिच आफ्नो अनुकूल भएमा ललित खेल मात्र होइन प्रतियोगिता नै जिताउन सक्षम बलर हुनुहुन्छ । यसबाहेक कप्तान सन्दीप लामिछानेका रूपमा नेपालसँग विश्वको उत्कृष्टमध्ये एक लेग स्पिनर रहेको छ । भुर्तेलले पनि कोरोबी एथलेटिक पार्कमा आफ्नो लेग स्पिनलाई खेल्न कठिन हुने देखाइसकेको छ । ललितको बलिङ खेल्न नसक्दा अफगानिस्तानले पहिलो पावर प्लेमा मात्र १९ रन बनाउन सकेको थियो । 

नेपालको ब्याटिङमा गहिराइ छ । नेपालका १० औँ क्रमसम्मका ब्याट्सम्यानमा ब्याटिङ गर्न सक्छन् । । सन्दीप जोरा दुई खेलमा १९ रन बनाएर राम्रो लयमा देखिनुभएको छ । यसै गरी लोकेश बम, रोहित पौडेलबाट पनि महत्वपूर्ण पालि आइसकेको छ । नेपाली क्रिकेट टोलीलाई यसरी दर्शक साथ ‘प्लस प्वाइन्ट’ हो । अहिलेसम्म दुवै खेलमा रङ्गशालामै आएर नेपाली समर्थकले आफ्नो टोलीलाई दिएको उत्साहले पक्कै पनि विपक्षी टिमलाई नेपालविरुद्ध खेल्दा दबाबमा पार्ने छ । यद्यपि एसियाड क्रिकेटमा पदक जित्ने हो भने नेपालले असाधारण प्रदर्शन नै गर्नुपर्ने हुन्छ । एसियाली खेलकुद टी–२० को विश्व च्याम्पियन भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता ठुला टिमको एसियाड क्रिकेटमा सहभागिता रहेको छ । उपाधि रक्षा अभियानमा रहेको भारत र बङ्गलादेशको शीर्ष टोली नै एसियाली खेलकुदमा सहभागी छन् । 

श्रीलङ्कासँग क्वाटरफाइनल

पदकको सपना पूरा गर्न नेपालले पहिले मङ्गलबार क्वाटरफाइनलमा श्रीलङ्काको बाधा पार गनुपर्ने हुन्छ । एसियाडमा क्रिकेट समावेश भएको यो चौथो पटक हो । सन् २०१४ मा भएको इन्छन एसियाडमा अफगानिस्तानलाई हराएर श्रीलङ्काले स्वर्ण पदक जितेको थियो । यसपालि श्रीलङ्कासँगै भारत, पाकिस्तान र बङ्गलादेशले सिधै क्वाटरफाइनलमा प्रवेश पाएका हुन् । सहन अराचिगेको कप्तानीमा रहेको श्रीलङ्काली टिममा शीर्ष खेलाडी भने सहभागी छैनन्  । श्रीलङ्काले नयाँका साथै राष्ट्रिय टिममा भित्रबाहिर भइरहने खेलाडीलाई एसियाड टिममा स्थान दिएको छ । हालै इङ्ग्ल्यान्डमा तीन खेलको टी–२० शृङ्खला खेलेको टोलीभन्दा जापान आएको श्रीलङ्काली टिम फरक छ । उक्त शृङ्खलामा खेल्ने दुई खेलाडी नुवान तुसारा र थरिन्दु रत्नायके मात्र एसियाड क्रिकेट टिममा समावेश हुनुहुन्छ । श्रीलङ्काको दोस्रो दर्जाको टिम भएकोले पनि नेपालले जितको आशा देखेको छ ।

एसियाडमा यी दुई टिमबिच यसअघि एक पटक भिडन्त भएको छ । सन् २०१० मा भएको ग्वान्जाउ एसियाडमा श्रीलङ्काले नेपाललाई क्वाटरफाइनलमा कठिन रूपमा दुई विकेटले हराएको थियो ।

नेपाल र जापानबिचको खेल रद्द

समूह विजेताका रूपमा २० औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा शनिबार नेपाल र जापानबिचको खेल रद्द भएको छ । यस नतिजासँग नेपाल तीन अङ्कसहित समूह विजेता र अफगानिस्तान दुई अङ्क बनाएर उपवजेता बनेर अन्तिम आठमा पुगेको छ । आयोजक जापानको चुनौती भने समूह चरणमै सकियो । नागोयाको नसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जापानले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न निमन्त्रणा दिएको थियो । 

जोरा र लोकेशले अर्धशतकीय पालि खेलेपछि नेपालले १५ ओभरमा कटौती गरिएका खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित ५७ र लोकेशले २२ बलमा छ छक्का र एक चौका प्रहार गरेर ५७ रन बनाउनुभयो । यी दुवैले पाँचौँ विकेटका लागि ३० बलमा अविजित ६५ रनको साझेदारी निर्वाह गर्नुभएको थियो । टी–२० आईमा जोराले पाँचौँ र लोकेशको पहिलो पटक अर्धशतकीय पालि खेल्नुभएको हो ।

प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल चार तथा कुशल मल्ल र गुल्सन झा दुई/दुई रनमा आउट भएपछि जोरा र लोकेशबिच आकर्षक साझेदारी बनेको हो । जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहासी, ज्याक नारिन र डेक्लान सुजुकीले एक/एक विकेट लिनुभयो । जापानले जवाफ दिनुअघि पुनः पानी पर्‍यो । त्यसपछि खेल सुचारु हुन नसक्दा दुवै टिमले अङ्क बाँडेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर