नेभिगेसन मेनु

प्रश्न छाडेर अस्ताएका आरोही
सम्पादक:南亚网络电视
समय:2026-08-08 13:16

 

 5444

काठमाडौँ, साउन २३ गते । पाकिस्तानको काराकोरम क्षेत्रमा पर्ने ब्रोड पिक हिमाल (८,०५१ मिटर) चढ्न सन् २०२६, जुलाई ३० बिहीबारका दिन विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जनाको टोली दोस्रो शिविरबाट उकालो लाग्दै थियो । नेपाली समय अनुसार उनीहरू बिहान ६ बजेर १८ मिनेट ३० सेकेन्डमा दोस्रो शिविरबाट निस्केका थिए । (पाकिस्तानको स्थानीय समय नेपालको भन्दा ४५ मिनेट ढिलो छ ।)

बिहान ९ बजेर ३८ मिनेट ३० सेकेन्डमा ६,६५९.८५ मिटरमा पुग्दा उनीहरूलाई अचानक हिमपहिरोले बगायो । पुर्जाको शव करिब नौ सय मिटर तल (उचाइ होइन) बाट उद्धार गरियो । उनको साथमा रहेको ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) को अभिलेख विश्लेषण गर्ने हो भने पुर्जालाई हिमपहिरोले बगाएर ३० मिनेटमै ५,९३५.५२ मिटर उचाइ भएको स्थानसम्म ल्याएको थियो । उनको शव भने करिब ५,००० मिटर उचाइमा भेटियो । टोलीका कोही पनि जीवित रहेनन् ।

नौ दिनअघि अर्थात् २१ जुलाईका दिन सोही क्षेत्रको ८,०३५ मिटर अग्लो ग्यासरब्रम–२ को शिखर चुम्दै ८,००० मिटरभन्दा अग्ला शिखरमा ५७ औँ पटक पाइला टेकेका थिए पुर्जाले । ‘असम्भव’ शब्दलाई नै प्रेरणा ठानेर ‘सम्भव छ’ भन्ने अठोटका साथ हिमाली योद्धाका रूपमा स्थापित पुर्जाको त्यही दिन अन्तिम होला भन्ने कसले सोचेको थियो र ! उनको साहसमाथि विश्वास कतिसम्म कायम थियो भने हराएको तीन दिनसम्म पनि उनी जीवितै फर्किन सक्छन् भन्नेको कमी थिएन । अझ केही समयअघि सगरमाथाको ‘डेथ जोन’ देखि केहीमुनि मात्र छाडिएका दावा शेर्पा छ दिनपछि जीवितै भेटिएको घटनाले पनि यो विश्वासमा थप बल पु¥यायो तर चमत्कार त्यसरी नै दोहोरिएन ।

के पुर्जा सशङ्कित थिए ?

पुर्जाले तीन दिनअघि ‘पोस्ट’ गरेको ‘फेसबुक स्टाटस’ का केही वाक्यले उनी यस पटकको आरोहणप्रति सशङ्कित थिए भन्ने अनुमान गर्न सकिन्छ । पहिलो त उनले ब्रोड पिक चढ्ने पूर्वयोजना नरहेको उल्लेख गरेका थिए । दोस्रो विषय, उनले शिखरसम्म पुगेर सुरक्षित रूपमा फर्किन पाऊँ भनी कामना गरेका थिए । उनले भनेका थिए, “ब्रोड पिक– म तिमीसँग केवल एउटा कुरा माग्छु– मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ । म कहिल्यै हिमाललाई हल्का रूपमा लिन्नँ । आधार शिविरबाट पाइला चाल्नेबित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ । सधैँ त्यस्तै थियो । सधैँ त्यस्तै रहने छ ।” त्यसो त उनले ग्यासरब्रम–२ आरोहण गर्ने क्रममा पनि तेस्रो शिविरबाट लेखेका थिए, “हामी आशा गर्छौं कि हिमालले हामीलाई सुरक्षित रूपमा अगाडि बढ्ने बाटो दिने छ ।” यसअघिका अन्य आरोहण अभियानमा उनले यी कोणबाट हिमालसँगै याचना गरेको खासै देखिँदैन । 

हिमालमै जीवन बिताएका कैयौँ आरोहीलाई चकित तुल्याउँदै विश्वकीर्तिमानका दर्जनभन्दा बढी पगरी गुथिसकेका पुर्जालाई निमेषभरको हिमपहिरोले सधैँका लागि बगाइदियो । पुर्जासँगै एक से एक प्रतिष्ठित आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’ (गोरखा), किलीपेम्बा शेर्पा (दोलखा), ग्यालु शेर्पा (ओखलढुङ्गा), नवाङ थिन्डु शेर्पा र निमा शेर्पा (सङ्खुवासभा) ले ब्रोड पिकमै अन्तिम सास फेरे । त्यसै गरी विदेशी आरोहीहरू सोहेल साखी (पाकिस्तान), वाङ झोङ (चीन), नाधिरा अल हार्थी (ओमान) र म्यालोरी गेइस (अमेरिका) को पनि ज्यान गयो ।

यो घटनाले साहसिक पर्यटनको क्षेत्र मात्र होइन, विश्व पर्वतारोहणमै स्तब्धता छायो । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह, बेलायतका राजा चाल्र्स तृतीय, युवराज विलियमलगायतले उनको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ । युवराज विलियमले त पुर्जालाई ‘विश्वका महान् पर्वतारोहीमध्येका एक’ भन्नुभएको छ । यो घटनामा निर्मल पुर्जासहित प्रसिद्ध आरोहीहरू एकसाथ गुमाउनु परेकाले विश्वभरका सञ्चार माध्यमको ध्यान पनि केन्द्रित भयो ।

त्यसो त हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रलाई स्तब्ध पारेको यो पहिलो घटना भने अवश्य होइन । यसको फेहरिस्त निकै लामो छ । हालसम्म ३२ पटक सगरमाथा आरोहण गरिसकेका कामीरिता शेर्पाले एक अन्तर्वार्तामा भन्नुभएको छ, “म सपना नराम्रो देखेँ भने शिखरका लागि उकालो लाग्दिनँ ।” निर्मल पुर्जा यस पटकको आरोहणमा सशङ्कित थिए भने उनले किन यो यात्रा रोकेनन् ? पुन: ब्रोड पिक चढ्ने योजना किन बनाए ? आखिरीमा उनले हिमालबाट पाउन के नै बाँकी थियो ? वा के कति प्राप्त गरेपछि उनी रोकिन्थे होलान् ? उनले मेरो प्रतिस्पर्धा अरू कोहीसँग नभएर म आफैँसँग हो पनि भनेका छन् । ब्रोड पिकको यो हिमपहिरोले पनि अन्य हिमालका दुर्घटना झैँ अनेक अनुत्तरित प्रश्न छाडेर प्रतिष्ठित आरोहीलाई सदाका लागि बिदा ग¥यो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर