नेभिगेसन मेनु

अन्नपूर्ण स्पाइकर किग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
सम्पादक:南亚网络电视
समय:2026-07-17 12:08

 

 Image_2026-07-17_094937_171

काठमाडौं, साउन १ । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किंग्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

सुमिरा स्पोर्ट्स भेन्वरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवर्द्धनात्मक गतिविधि र प्रचार-प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्स किंग्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।

अन्नपूर्ण स्पाईकर्स किंग्सका को ओनर सुबोध त्रिपाठीले उषासँग सहकार्यले पुरुष भलिबलको फ्रेन्चाईज लिग विकासलाई सहयोग पुर्याउने बताए ।

दर्शहरुलाई कभर्डहलसम्म तान्न र ग्रासरुटबाट भलिबलको विकास यो सहकार्यले सहयोग पुग्ने उनले बताए ।

Image_2026-07-17_094947_735

भलिबल राष्ट्रिय खेल भएकोले नै भलिबल लिगमा पनि हामीले कन्ट्रिबुट गर्न सकिन्छ भन्ने मोटिभ हो । गण्डकी प्रदेशकै टिम भएकोले

यस्तै उषा भण्डारीले पहिलो पटक भलिबलकै लिगमा भलिबल खेलाडी ब्रान्ड एम्बासडर बन्दा खुशी लागेको बताईन् '

पहिलो म अन्य खेलहरु फुटबल क्रिकेटमा जोडिएको थिएँ । म आफू पनि गण्डकी जन्मिएको र अन्नपूर्ण स्पाईकर किंग्सबाट पनि सुरुमै ि्रस्ताव आएको मैले स्विकार गरेको हो ।'

नेपाल भलिबल लिगमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर किंग्स र तनहुँ (गण्डकी प्रदेश) मा जन्मिएकी उषाबीचको यो सहकार्य विशेष र अर्थपूर्ण रहेको छ । भलिबल प्रेमीहरूको बलियो पकड रहेको गण्डकी क्षेत्र र सोही क्षेत्रकी छोरी उषाको आवद्धताले क्लबको ब्रान्ड विस्तार गर्न र खेलाडीलाई आफ्नो ग्रासरुटमा जोडिन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उषाले माल्दिभ्सका विभिन्न क्लबहरूबाट समेत व्यावसायिक भलिबल खेलिसकेकी छिन्, जहाँ उनको ठूलो फ्यान फलोइङ रहेको छ। सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट डेब्यु गरेकी उषाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको ६ वटा टोली सहभागी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर्स किंग्स र उषाको यो साझेदारीले समग्र नेपाली भलिबलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने क्लबको विश्वास छ ।

उषा भण्डारीको अन्तर्राष्ट्रिय खेल यात्रा र उपलब्धिहरू:

२०१९ (१३औं साग): रजत पदक डेब्यु प्रतियोगिता

२०२२ (एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन) च्याम्पियन (स्वर्ण पदक)

२०२३ (काभा वुमन्स च्यालेन्जर्स लिग: कांस्य पदक

२०२३ (१९औं एसियन गेम्स, चीन) सहभागिता

२०२४ (काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप) च्याम्पियन (नेपाल पुलिस क्लबबाट)

२०२४ (काभा वुमन्स नेसन्स लिग) रजत पदक

२०२६ (काभा वुमन्स क्लब च्याम्पियनसिप) : कांस्य पदक

२०२६ (काभा वुमन्स लिग) : चौथो स्थान

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर