नेभिगेसन मेनु

तीन सय एघार विदेशी पर्यटकको उद्धार
सम्पादक:南亚网络电视
समय:2026-09-10 17:02

 

 torism-board

काठमाडौँ, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीपछि ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । पर्यटन विभागका अनुसार १५ औँ दिनसम्म १३ देशका ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको हो । 

जसमध्ये सबैभन्दा बढी भारतका १७५, चीनका १११, जर्मनीका चार, अमेरिकाका चार, टर्किए, रुस, इटाली र भियतनामका दुई/दुई जना पर्यटकको उद्धार गरिएको छ । त्यस्तै गरी माल्टाका तीन तथा ओमान, स्विटजरल्यान्ड, बेलायत र बुल्गेरिएका एक/एक जना पर्यटकको सकुशल उद्धार गरिएको छ ।

विभागका अनुसार बाढीपछि बेपत्ता ३६ देशका ५८७ पर्यटक अझै सम्पर्कविहीन छन् । जसमध्ये भारतका १८४, अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, ल्टभियाका ३६, अस्ट्रेलियाका ३३, बेलायतका ३२, क्यानडाका ३०  र चीनका २६ जना छन् ।

त्यस्तै गरी सिङ्गापुरका नौ, जर्मनीका आठ, रुसका आठ, दक्षिण अफ्रिकाका छ, जापानका पाँच, फ्रान्सका चार, काज्किस्तानका तीन जना सम्पर्कविहीन छन् । विभागका अनुसार पोल्यान्ड, भियतनाम, स्विटजरल्यान्ड, स्विडेन, फिलिपिन्स, लुथियाना, इजरायल, हङ्गेरी र फिनल्यान्डका एक/एक जना बाढीपछि सम्पर्कविहीन छन् ।

हवाई ढुवानी शुल्क छुट

नेपाल वायुसेवा निगमले भदौ १० गते गएको बाढी तथा प्राकृतिक विपत्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ । 

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ ।

निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधी, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क छुट दिइने छ ।

विपत्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यस निर्णयले विभिन्न मुलुक तथा सङ्घ संस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन सहयोग पुग्ने निगमले जनाएको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर