नेभिगेसन मेनु

डलर बढ्दा खुम्चियो प्राधिकरणको नाफा
सम्पादक:南亚网络电视
समय:2026-08-18 12:10

 

 Untitled-1-Recovered (1)

काठमाडौँ, भदौ २ गते । उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपाल विद्युत् प्राधिकरणको खुद नाफा खुम्चिएको छ । प्राधिकरणको ४१औँ  वार्षिकोत्सवका अवसरमा कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदन विद्युत् खरिदबिक्री व्यवसाय बढे पनि खुद नाफा ५९ प्रतिशतले सङ्कुचित भएको छ । यद्यपि नाफा भने बढेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा प्राधिकरणको कुल नाफा १३.१७ प्रतिशतले बढेको छ । खुद नाफा भने ५९ प्रतिशतले खस्किएको छ । अघिल्लो आवमा प्राधिकरणको कुल नाफा २७ अर्ब ६३ करोड रहेकामा गत आवमा ३१ अर्ब २३ करोड पुगेको छ । प्राधिकरणले वास्तविक आम्दानी भने न्यून मात्र सुरक्षित गरेको छ । 

प्रतिवेदन अनुसार अघिल्लो आवमा कर अघि १२ अर्ब १७ करोड रुपियाँ खुद नाफा आर्जन भएकोमा गत आवमा यस्तो नाफा पाँच अर्ब चार करोड रुपियाँमा सीमित भएको छ । प्राधिकरणको खुद नाफामा सङ्कुचन आउनुमा यसको अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ कमजोर हुनुले अधिक प्रभाव पारेको छ । २०८२ साउन १ गते प्रतिडलर खरिददर नेपाली १३७ रुपियाँ २७ पैसा रहेकोमा २०८३ असार ३२ गते आइपुग्दा प्रतिडलर १५३ रुपियाँ ७२ पैसा पुगेको छ । नेपाली मुद्राको यो अवमूल्यनको असरले प्राधिकरणले ११ अर्ब ५१ करोड ७० लाख रुपियाँ घाटा बेहोर्नु परेको देखिएको छ । अघिल्लो वर्ष यस्तो विदेशी विनिमय घाटा तीन अर्ब आठ करोड ९० लाख रुपियाँ मात्र थियो । “प्राधिकरणको कुल नाफा समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यातमा भएको उल्लेख्य वृद्धिका कारण कुल नाफा १३ प्रतिशत बढाउन सकिएको हो,” कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “तर अमेरिकी डलर महँगो बन्दा मात्रै २७२.८६ प्रतिशतले दायित्व बढ्यो, यसैले खुद नाफामा प्रत्यक्ष असर गरेको हो ।” अघिल्लो आवमा यस्तो दायित्व तीन अर्ब आठ करोड रुपियाँ मात्र सिर्जना भएको थियो ।

विद्युत् व्यापारमा फड्को

प्राधिकरणले एक वर्षमा आन्तरिकका आतिरिक्त सीमापार विद्युत् व्यापारको दायरा पनि उल्लेख्य बढाउन सक्षम भएको छ । अघिल्ला वर्षमा वर्षायाममा मात्र विद्युत् निर्यात गर्ने गरेकामा गत आवमा १२ महिना नै विद्युत् निर्यात भएको थियो । अघिल्लो आवमा भन्दा गत आवमा विद्युत् निर्यात परिमाण चार गुणाले वृद्धि भएको प्रतिवेदनले औँल्याएको छ । भारत र बङ्गलादेशमा मात्रै कुल तीन हजार ९६५ गिगावाट विद्युत् निर्यात भएको छ जुन अघिल्लो आवभन्दा ६६ प्रतिशतले बढी हो । वर्षभर कुल २९ अर्ब ३१ करोड रुपियाँको विद्युत् निर्यात गर्दा नेपालले सो अवधिमा केवल १० अर्ब ५६ करोड रुपियाँको मात्र आयात गरेको छ । उत्पादनसँगै विद्युत्को आन्तरिक खपत पनि ९.२७ प्रतिशतले बढेको छ । खपतको व्यवहार परिवर्तनसँगै ३.८ प्रतिशतले ग्राहक सङ्ख्या बढ्दा विद्युत्को आन्तरिक खपत पनि बढेको हो ।   आव २०८२/८३ मा सञ्चालन नाफा २४ अर्ब ८१ करोड २० लाख रुपियाँ पुगेको छ । जुन अघिल्लो वर्ष २३ अर्ब १२ करोड ८० लाख थियो ।

प्राधिकरणको सफलता नै रूपान्तरणको आधार : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको संस्थागत क्षमता, प्रतिस्पर्धात्मक दक्षता र सार्वजनिक उत्तरदायित्वमा आधारित रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । 

प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले प्राधिकरण एकाधिकार प्राप्त संस्थाका रूपमा भने नरहने स्पष्ट पार्नुभयो । 

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रले ठुलो लगानी र जोखिम वहन गरिरहेको भन्दै मन्त्री श्रेष्ठले त्यसको संरक्षण र प्रवर्धनको दायित्व बोध गरेर सरकार अगाडि बढ्ने उल्लेख गर्नुभयो । “प्राधिकरणको वित्तीय स्वास्थ्यलाई सुरक्षित गर्दै निजी क्षेत्रको लगानीलाई संरक्षण गर्नुपर्ने दायित्व हाम्रो सामु छ,” उहाँले भन्नुभयो, “प्राधिकरण अब परम्परागत सार्वजनिक सेवाप्रदायक संस्थाका रूपमा मात्र सीमित रहन सक्दैन । यसलाई आधुनिक, व्यावसायिक, पारदर्शी, प्रतिस्पर्धी र वित्तीय रूपमा सुदृढ संस्थाका रूपमा विकास गर्नु पर्छ ।” 

मन्त्री श्रेष्ठले विद्युत् अब अर्थतन्त्रको मेरुदण्ड मात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत बन्दै गएको टिप्पणी गर्नुभयो । प्राधिकरणको आर्थिक तथा प्रशासनिक अधिकारलाई विकेन्द्रीकरण गर्दै लैजाने सरकारको नीति रहेको जानकारी गराउनुभयो । प्राधिकरणको संरचनागत सुधार र पुनर्संरचनाको विषय अस्तित्व कमजोर बनाउने र विषयका रूपमा नभई 

समग्र ऊर्जाक्षेत्रलाई थप प्रतिस्पर्धी, सक्षम र लगानीमैत्री बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । 

कार्यव्रmममा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडीले कष्टकर लोडसेडिङको अवस्थाबाट विद्युत् निर्यात गर्ने गौरवशाली अवस्थामा पु-याएको भन्दै प्राधिकरणलाई प्रविधि सिप र पुँजीको समुचित परिचालनबाट अझै योग्य र प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित हुँदै जाने उल्लेख गर्नुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर