नेभिगेसन मेनु

साउनमा हालसम्मकै बढी ग्यास आयात
सम्पादक:南亚网络电视
समय:2026-08-21 11:27

 

 Untitled-1 (64)

वीरगन्ज, भदौ ५ गते । गत साउनमा मात्रै ५७ हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । 

निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियो । 

निगमका निर्देशक विनीतमणि उपाध्यायका अनुसार साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्रीवितरण भएको छ ।

असारको तुलनामा साउनमा करिब नौ लाख सिलिन्डर ग्यास बढी बिक्री भएको छ । एलपी ग्यासको आयात तथा बिक्रीवितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकता अनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो । 

यसैबिच वीरगन्ज नाका भएर मात्र साउनमा ग्यास बोकेका एक हजार ६२२ बुलेट भित्रिएका छन् । २०८२ सालको साउनमा उक्त नाका भएर एक हजार २८७ ग्यास बुलेट भित्रिएका थिए भने २०८३ साउनमा ३३५ बुलेट बढी बुलेट भित्रिएका हुन् । 

नेपाल आयल निगमको वीरगन्ज कार्यालयका अनुसार १८ तथा २१ टन ग्यास बोकेर भित्रिएका ती बुलेटबाट दुई करोड ९९ लाख ८३ हजार ७५० किलोग्राम ग्यास भित्रिएको छ । भित्रिएको उक्त परिमाणबाट २१ लाख ११ हजार ५३१ सिलिन्डर भर्न सकिने कार्यालयका वरिष्ठ सहायक सञ्जयकुमार यादवले जानकारी दिनुभयो ।  नेपाल आयल निगमको वीरगन्ज कार्यालयका प्रमुख मोहनप्रसाद साहले मुलुकको झन्डै ६० प्रतिशत खाना पकाउने ग्यास भित्रिने वीरगन्ज नाकाबाट निर्बाध रूपमा ग्यास बोकेका बुलेट भित्रिइरहेको बताउनुभयो । नेपाल आयल निगमको वीरगन्ज कार्यालयका अनुसार पूरा सिलिन्डर ग्यास दिन थालिएपछि असारमा वीरगन्ज नाका भएर एक हजार ४२९ ग्यास बुलेट भित्रिएका थिए । त्यसअघि आधा सिलिन्डर ग्यास वितरण गरिँदा जेठमा ९३४ र वैशाखमा ९७४ बुलेट भित्रिएका थिए । 

आधा सिलिन्डर ग्यास बाँडिन थालेपछि सर्वसाधारणले घरमा रहेका ग्यास सिलिन्डरको सङ्ख्या बढाएका र पूरा सिलिन्डर आएपछि भएका सबै सिलिन्डर भरेर राख्न खोजेपछि बजारमा अभाव सिर्जना भएको प्रमुख साहले दाबी गर्नुभयो । 

साउनमा वीरगन्ज नाका भएर नेपाल ग्यास उद्योग प्रालिले सबैभन्दा बढी १२९ बुलेट भिœयाएको छ भने सगरमाथा ग्यास इन्डट्रिज प्रालिले ११७, नोबेल ग्यास उद्योग प्रालिले ९०, बाबा ग्यास उद्योग प्रालिले ८१, जानकी ग्यास उद्योगले ७९ र एभरेस्ट ग्यास उद्योगले ७० बुलेट भिœयाएका हुन् ।  

कार्यालयका प्रमुख साहले भारतको दुर्गापुर, हल्दिया, बरौनी र परादीपमा रहेका रिफाइनरीबाट ग्यास भरेर बुलेटहरू वीरगन्ज नाका भएर नेपाल भित्रिने गरेको बताउनुभयो । आगलगी भएपछि असार २६ गतेदेखि दुर्गापुर र हल्दिया रिफाइनरीबाट ग्यास आउन छाडेको उहाँले बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर