नेभिगेसन मेनु

टुट्यो मुख्य व्यापारिक नाका
सम्पादक:南亚网络电视
समय:2026-08-27 12:23

 

 Untitled-1 (71)

काठमाडौँ, भदौ ११ गते । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्धविच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ । 

रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको छ । रसुवा भन्सार कार्यालयका प्रमुुख राजेन्द्र ढुुङ्गानाले बाढीका कारण ठुुलो भौतिक क्षति भएको जानकारी दिनुुभयो । भन्सार कार्यालय बगाउनुुका साथै तीन सय सङ्ख्यामा नेपाल भित्रिन लागेका विद्युुतीय गाडी र ट्रक बगाएको उहाँले जानकारी दिनुुभयो । 

उक्त कार्यालयमा ४० जना कर्मचारी रहेकामा १५ जना अझै सम्पर्कमा आउन नसकेको भन्सार विभागले जनाएको छ । व्यापारीले चाडपर्वलक्षित ल्याएका सामान बाढीले बगाउँदा ठुुलो क्षति भएको छ । 

राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबुु श्रेष्ठले चाडपर्वलक्षित ल्याएका सामान बोकेका कन्टेनर बगाएकाले ठुुलो क्षति भएको जानकारी दिनुुभयो । निजिकिँदै गरेको तिज र दसैँतिहारलक्षित सामान बगाउँदा ठुुलो क्षति भएको उहाँको भनाइ छ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सो नाकाबाट एक खर्ब रुपियाँ बराबरको आयात हुुँदा तीन अर्ब रुपियाँ बराबरको निर्यात भएको छ । 

नेपाल र चीनसँगको व्यापारमा १३ प्रतिशत योगदान सो नाकाको रहेको छ । विशेष गरी चीनबाट विद्युुतीय गाडी, खेलौना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तु आयात हुने गरेकोमा नेपालबाट चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्री, हस्तकला र ढुङ्गाका मूर्ति, चित्रकला, काठका मुुढा, उनी, पस्मिना तथा तिनबाट बनेका कपडा, काठका सामग्री निर्यात हुने गर्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर