नेभिगेसन मेनु

वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल
सम्पादक:南亚网络电视
समय:2026-09-03 12:09

 

 chaina

काठमाडौँ, भदौ १८ गते । चीनको चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको स्वचालन अनुसन्धान संस्थानले वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित तथ्याङ्कको खुला साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका सुरु गरेको छ । संस्थानका अनुसार नयाँ पत्रिकाले विश्वभरका अनुसन्धानकर्ताका लागि उच्चस्तरीय, बहुविषयगत, खुला पहुँच तथा सहकर्मी मूल्याङ्कनमा आधारित शैक्षिक आदानप्रदानको मञ्च उपलब्ध गराउनेछ ।

पत्रिकामा तथ्याङ्कसम्बन्धी लेख, नमुनासम्बन्धी लेख, अनुसन्धानसम्बन्धी लेख, समीक्षा, तथ्याङ्क तथा नमुना अद्यावधिक, साथै समाचार, विचार तथा टिप्पणी गरी छ वटा मुख्य खण्ड रहने छन् । यस पत्रिकाको अनुसन्धान क्षेत्र कम्प्युटर विज्ञान, गणित, तथ्याङ्क, चिकित्सा लगायत विभिन्न विषयमा फैलिएको छ । यसले वैज्ञानिक अनुसन्धानका सामग्री उत्पादनदेखि प्रकाशन तथा त्यसपछि हुने अद्यावधिकसम्मको सम्पूर्ण प्रक्रियालाई समेट्ने छ ।

संस्थानका अनुसार पत्रिकाले तथ्याङ्क, अनुसन्धान, प्रयोग तथा तथ्याङ्क व्यवस्थापनलाई एउटै शृङ्खलामा जोड्दै उच्च गुणस्तरीय वैज्ञानिक तथ्याङ्कको विश्वव्यापी खुला साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । नयाँ पत्रिकाको पहिलो सम्पादकीय बोर्डमा विश्वका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान संस्थानका विशेषज्ञ सहभागी रहेको संस्थानले जनाएको छ । यस पत्रिकामार्फत वैज्ञानिक अनुसन्धानमा तथ्याङ्कको खुला प्रयोग, प्रभावकारी तथ्याङ्क व्यवस्थापन तथा नयाँ अनुसन्धान पद्धतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर