नेभिगेसन मेनु

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-08-09 11:57

 

 Accident

काठमाडौँ, साउन २४ गते । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । यसैबिच, हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको  छ ।

राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन-३० मा मनसुन सुरु भएदेखि हिमाञ्चल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो । ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । रासस/सिन्ह्वा

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर