नेभिगेसन मेनु

चीनको कुन्मिङ्स्थित रासायनिक कारखानामा आगलागी हुँदा एक हजारभन्दा बढी विस्थापित
सम्पादक:南亚网络电视
समय:2026-08-06 12:32

 

 Fire-Fighter

काठमाडौँ, साउन २१ गते । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुँवा फैलिएपछि यस क्षेत्रबाट एक हजार २०० भन्दा बढी बासिन्दालाई खाली गरिएको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

जिल्ला प्रशासनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिनिङ जिल्लाको युनान हाओमिङ फाइन फस्फोरस केमिकल कम्पनीमा पहेंँलो फस्फोरस लोड गर्दा आगलागी भएको हो । हाल आगलागी नियन्त्रणमा आइसकेको तथा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको जनाइएको छ ।

आगलागीका कारण फस्फोरस जल्दा हानिकारक धुँवा उत्पन्न भएकाले स्थानीय हावाको गुणस्तरलाई बिगारी धुँवाको सम्पर्कमा आउँदा आँखा, नाक र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ । हाललाई कम्पनीले उत्पादन र सञ्चालन स्थगित गरेको जनाइएको छ भने अधिकारीले वातावरणीय अनुगमन र मूल्याङ्कन जारी राखेको र आगलागीको कारण अनुसन्धान भइरहेको जनाइएको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर