नेभिगेसन मेनु

मूत्राशयबाट निकालियो ३.१ किलोको पत्थरी
सम्पादक:南亚网络电视
समय:2026-08-19 11:52

 

 Untitled-1 (62)

काठमाडौँ,  भदौ ३ गते । श्रीलङ्कामा चिकित्सकहरूले एक व्यक्तिको मूत्राशयबाट ३.१ किलोग्राम तौल भएको पत्थरी निकालेका छन् । अहिलेसम्म मानिसको पिसाब थैलीबाट निकालिएको यो नै सबैभन्दा ठुलो पत्थरी भएको उनीहरूको दाबी छ ।

यो शल्यक्रिया श्रीलङ्काको पूर्वी भागमा अवस्थित ट्रिन्कोमालीको एउटा अस्पतालमा गरिएको थियो । ती बिरामी मस्तिष्कघात भएपछि अस्पतालमा भर्ना भएका थिए । उनको उमेर ५५ वर्ष भएको बताइएको छ तर उपचारका क्रममा उनलाई पिसाब फेर्न गाह्रो भएको देखेपछि चिकित्सकले उनको मूत्राशयमा पत्थरी रहेको पत्ता लगाएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । शल्यक्रिया गरेर चिकित्सकले निकालेको उक्त पत्थरी पूर्ण रूपमा हुर्किएको नवजात शिशुको तौल जत्तिकै र अस्ट्रिचको अन्डा जत्रो आकारको छ । 

“उपलब्ध अभिलेख अनुसार शल्यक्रियामार्फत निकालिएको र अभिलेखमा दर्ता भएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो मूत्राशयको पत्थरी हो,” शल्यव्रिmयाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनले बताउनुभयो । बिरामीको स्वास्थ्यस्थिति अहिले धेरै राम्रो रहेको तर अस्पतालमा राखेर उनको शरीरमा रहेका अरू समस्याको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् । डा. बालकृष्णनले उक्त पत्थरी ती बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षदेखि रहेको हुन सक्ने अनुमान गर्नुभयो । 

पिसाबमा रहेका खनिज पदार्थहरू जमेर डल्लो परेपछि मूत्राशयको पत्थरी बन्छ । सामान्यतया मूत्राशय पूर्ण रूपमा खाली नहुँदा थुप्रिने गाढा पिसाब ‘क्रिस्टल’ मा परिणत भई पत्थरी बन्ने चिकित्सक बताउँछन् । बालुवाको कण जत्रा साना पत्थरीहरू आफैँ पिसाब फेर्दा बाहिर निस्किन सक्छन् तर एक सेन्टिमिटरभन्दा ठुला पत्थरीले प्रायः पिसाबको प्रवाहलाई अवरुद्ध पारिदिन्छन् । तिनलाई निकाल्न औषधोपचार वा शल्यक्रिया गर्नु पर्छ ।

गिनिज वल्र्ड रेकर्ड्सका अनुसार अहिलेसम्मकै सबैभन्दा ठुलो मूत्राशयको पत्थरी सन् २००३ मा ब्राजिलका एक बिरामीबाट निकालिएको थियो । त्यसको तौल १.९ केजी र लम्बाइ १७.९ सेन्टिमिटर थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर