
काठमाडौँ, साउन ३० गते । नेपालको तराई भागमा बढ्दो राजनीतिक घटना र अपराधका घटनालाई कथामा बुनेर चलचित्र ‘प्रतिवैरम’ निर्माण गरिएको छ । मधेशको सामाजिक परिवेश, त्यहाँको सङ्घर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको आधिकारिक पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । चलचित्रको कथा तथा निर्देशन रोशन दासको रहेको छ भने पटकथा तथा संवाद युवराज भट्टराईले गर्नुभएको छ ।
यसै चलचित्रमार्फत सम्राट दासले नेपाली रजतपटमा पदार्पण गर्दै हुनुहुन्छ । अन्य कलाकारमा रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ, वीरेन्द्रसिंह कुशवाहा, अलिशा बाँस्तोला, सुप्रज्ञा शर्मा, नारायण विक हुनुहुन्छ । चलचित्रको प्रमुख विशेषता भनेको बहुभाषिक प्रस्तुति हो । चलचित्र नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा आगामी मङ्सिर ४ गते प्रदर्शन हुँदै छ ।














