नेभिगेसन मेनु

तिजको मौलिक भाव ‘सिक्का नोटैमा’
सम्पादक:南亚网络电视
समय:2026-08-13 12:13

 

 Sikka_notaima_AtiAWON6dH

काठमाडौँ, साउन २८ गते । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको शब्द तथा रचनामा तयार भएको गीत ‘सिक्का नोटैमा’ ले तिजको मौलिक भावसँगै चेली–माइतीबिचको आत्मीय सम्बन्धलाई उजागर गरेको छ । आइजिपी कार्कीको व्यक्तित्वको अर्को पाटो साहित्य र सङ्गीतप्रतिको रुचि गीतमा जोडिएको छ । प्रहरी सेवाको व्यस्त जिम्मेवारीबिच सिर्जनाप्रति देखाउँदै आउनुभएको उहाँको रुचिको एउटा अभिव्यक्तिका रूपमा गीतलाई लिन सकिन्छ । जन्मघरबाट टाढिएपछि पनि चेलीको मन माइतीमै रहने, तिज आउँदा आफ्ना मानिसको सम्झनाले मन भरिने र भौगोलिक दुरीले आत्मीयता घटाउन नसक्ने भाव गीतमा प्रस्तुत गरिएको छ । 

गीतले यही परम्परागत भावलाई आधुनिक डिजिटल माध्यममार्फत नयाँ पुस्तासम्म पु¥याएको छ । चेली विवाहपछि जहाँ पुगे पनि माइतीघरको सम्झना मनको कुनै कुनामा सधैँ जीवित रहन्छ भन्ने कुरा गीतले दर्साउँछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर