नेभिगेसन मेनु

दक्षिण एसियाली खेलकुद चैतमा
सम्पादक:南亚网络电视
समय:2026-08-24 13:39

 

 Untitled-1-Recovered (7)

काठमाडौँ, भदौ ८ गते । लामो समयदेखि रोकिएको १४ औँ दक्षिण एसियाली खेलकुद (साग) चैत २० देखि २८ गतेसम्म हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले आइतबार १४ औँ सागको मिति र खेलको सङ्ख्या निर्धारण गरेको हो । आगामी साग पाकिस्तानमा आयोजना हुँदै छ । पाकिस्तानले तेस्रो पटक साग खेलकुदको आयोजना गर्न लागेको हो । यसअघि सन् १९८९ र २००४ मा पाकिस्तानले साग खेलकुदको आयोजना गरेको थियो ।

सन् २०१९ डिसेम्बरमा नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सागको १३ औँ संस्करणको आयोजना भएपछि दक्षिण एसियाको सबभन्दा ठुलो खेलकुद मेला हुन सकेको छैन । दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण सन् १९८४ मा नेपालमै आयोजना भएको हो ।

एसएओसी बैठकमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले पनि सहभागिता जनाउनुभएको थियो । राखेप कार्यकारी समितिकी सदस्य श्रेष्ठले बैठकले पाकिस्तानमा हुने सागमा २८ खेल समावेश गर्ने निर्णय पनि गरेको जनाउनुभयो । 

आगामी सागमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३ एक्स ३÷५ एक्स ५), बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, व्रिmकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल (बिचसहित), हक्की, जुडो, कबड्डी, कराँते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिचसहित), भारोत्तोलन, कुस्ती र उसु रहेका छन् । यसपलि साग खेलकुदको नारा ‘दक्षिण एसियामा एकता, खेलकुदमा शक्ति’ रहेको छ । 

सागमा दक्षिण एसियाका सात राष्ट्र आयोजक पाकिस्तानसहित नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर