नेभिगेसन मेनु

विश्वकप लिग–२ : नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2026-07-28 12:31

 

 som-09

काठमाडौँ, साउन  १२ गते । दरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा जितका लागि नामिबियाले नेपाललाई दुई सय १२ रनको लक्ष्य दिएको छ ।

सोमबार टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ११ रन बनायो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय इनिङ्स खेल्नुहयो ।

सय रन बनाउनुभएको उहाँले एक सय ४९ बलमा तीन चौका हान्नुभयो । यस्तै लरेन स्टिनक्याम्पले ५९, मालान क्रुगरले १५ र जान निकोल लोफ्टी–इटनले अविजित १० रन बनाउनुभयो । 

बलिङमा नेपालका करण केसी एक्लैले पाँच विकेट लिनुभयो । उहाँले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिनुभयो । यससँगै करणले एकदिवसीयमा एक सय विकेटको आँकडा पूरा गर्नुभएको छ । यस्तै सोमपाल कामीले एक विकेट लिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर