नेभिगेसन मेनु

क्षितिज, बिष्णु र प्रफुल सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2026-08-13 12:11

 

 badddddddddddddddddddddaaaaaaaaaaaa

काठमाडौँ, साउन २७ गते । एपिएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका बिष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ्ग १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । 

समूह ‘ए’ को लिग खेलमा क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको हो । क्षितिजले बुधबार दोस्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ ले हराउनुभयो । क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर एक तथा पूर्व विश्व जुनियर शिर्ष खेलाडी प्रिन्स दाहाललाई पराजित गर्नुभएको थियो । 

यस्तै एपिएफका प्रिन्स दाहालले दोस्रो खेलमा नेपाल पुलिका सुनिल जोशी माथि २१–१४, २१–१९ को जित निकाल्नुभयो । यस समूहमा प्रिन्स र सुनिल जोशीको एक एक जित भएको छ । सेट जितको आधारमा प्रिन्स सुनिलभन्दा अगाडि हुनुहुन्छ । सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जित निकाल्नुभएको थियो । 

यस्तै समूह ‘बी’ को दोस्रो खेलमा आआफ्नो प्रतिद्वन्दि माथि जित हात पार्दै बिष्णु कटुवाल र प्रफुल महर्जनले पनि सेमिफाइनलमा पुग्नुभयो । बिष्णुले नेपाल पुलिसका दीपक बोहरा माथि २१–१७, २१–१७ र प्रफुलले एपिएफका देवराज रानामाथि २१–१९, ११–२१, २१–१९ को कठिन जित निकाल्नुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर