नेभिगेसन मेनु

आर्सनललाई कम्युनिटी सिल्ड
सम्पादक:南亚网络电视
समय:2026-08-18 12:17

 

 Untitled-1---2026-08-18T092708.917

काठमाडौँ, भदौ २ गते । प्रिमियर लिग च्याम्पियन आर्सनलले आइतबार राति म्यान्चेस्टर सिटीलाई ३–० ले हराएर कम्युनिटी सिल्ड जितेको छ । यस नतिजासँगै आर्सनलले प्रिमियर लिग उपाधि रक्षा अभियानका लागि आफ्नो मनोबल उच्च पारेको छ । प्रिमियर लिग अगस्त २१ बाट सुरु हुँदै छ । कम्युनिटी सिल्ड प्रिमियर लिग र एफए कप विजेताबिच खेलिने खेल हो ।

खेलको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । पूर्वाधमै काइ हभार्ट्जले गोल गरी आर्सनलको अग्रता दोब्बर पार्नुभयो । दोस्रो हाफमा मार्टिन ओडेगार्डले पनि गोल गरेपछि आर्सनलले यस सत्रमा पहिलो उपाधि हात पा-यो । पेप गुवार्डियोलाको प्रशिक्षकत्वमा २० ट्रफी जितेको म्यान्चेस्टर सिटीले उहाँको अन्तिम सत्रमा पनि एफए कप र लिग कप हासिल गरेको थियो तर सन् २०२४ देखि सिटीले उपाधि जित्न सकेको छैन । 

पछिल्लो सत्रमा आर्सनलभन्दा सात अङ्कले पछाडि परेर म्यान्चेस्टर सिटीले उपविजेतामा चित्त बुझाएको थियो । आर्सनलका कप्तान ओडगार्ड चम्के पनि उहाँकै देश नर्वेका स्ट्राइकर इर्लिङ हालान्डका लागि भने कम्युनिटी सिल्डको खेल बिर्सनलायक रह्यो । पूर्वार्धमा उहाँले दुई गोल हुने खालका अवसर खेर फाल्नुभएको थियो ।

लेन्सलाई फ्रेन्च सुपर कप

१० खेलाडीमा सीमित लेन्सले आइतबार राति पेरिस सेन्ट जर्मन (पिएसजी) लाई १–० ले हराएर फ्रेन्च सुपर कपको उपाधि जितेको छ । लेन्सले पहिलो पटक फ्रेन्च सुपर कप हात पारेको हो । खेलको ३२ औँ मिनेटमा फ्लोरियन थाउभिनले गरेको गोल निर्णायक बनेको थियो । लेन्स गोल गरेको सात मिनटपछि १० खेलाडीमा सीमित भयो । लेन्सका किलियन एन्टोनियोले रातो कार्ड पाउनुभएको हो । खेलको ८७ औँ मिनेटमा पिएसजीका नुनो मेन्डिसले पनि रातो कार्ड पाउनुभयो । गत हप्ता एस्टन भिल्लालाई हराएर युइएफए सुपर कप जितेको पिएसजीको लगातार दोस्रो उपाधि जित्ने सपना पूरा भएन । फ्रेन्च सुपर कप सत्र सुरु हुनुअघि फ्रान्सको लिग र फ्रेन्च कपको विजेताबिच खेलिने खेल हो । एपी

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर