नेभिगेसन मेनु

जन्मिए एक देशमा, विश्वकप खेल्दै अर्को देशबाट
सम्पादक:南亚网络电视
समय:2026-06-09 13:28

 

 semenyo

काठमाडौँ, जेठ २६ गते । गत संस्करणको फिफा विश्वकपमा अफ्रिकी राष्ट्र मोरोक्कोले हासिल गरेको सफलताको कथा कसले कल्पना गरेको थियो र ? सन् २०२२ मा मोरोक्को एकसे एक टिमलाई पन्छाउँदै अगाडि बढ्यो । विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरणमा हराएर अगाडि बढेको मोरोक्कोले नकआउट चरणमा पूर्वविजेता स्पेन र पोर्चुगललाई पनि बिदा ग¥यो । विश्वकपअघि वरीयतामा २२ औँ स्थानमा रहेको मोरोक्को विश्वकप फुटबलको क्वाटरफाइनल पुग्ने पहिले अरबी देश र सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । 

सो समय मोरोक्कोको सफलताले एउटा बहस जन्मायो किनभने मोरोक्कोको २६ सदस्यीय टिममा १४ जना खेलाडी विदेशमा जन्मिएका थिए । सो विश्वकपमा रहेका टिममध्येमा मोरोक्कोमा सबभन्दा बढी विदेशमा जन्मिएका खेलाडी थिए ।

यस पटकको विश्वकपमा यस्ता खेलाडीको कीर्तिमान सहभागिता रहेको छ । विश्वकपमा खेल्ने १,२४८ खेलाडीमध्ये झन्डै एक चौथाइ खेलाडी आफूले प्रतिनिधित्व गर्ने देशभन्दा फरक देशमा जन्मिएका छन् । नवप्रवेशी कुराकाओको टिममा ९६ प्रतिशत खेलाडी विदेशमा जन्मिएका छन् । यसै गरी कङ्गोको टिममा (८५ प्रतिशत) र मोरोक्कोको टिम (७३ प्रतिशत) मा पनि विदेशमा जन्मिएका खेलाडीको बाहुल्य छ । समग्रमा प्रतियोगितामा सहभागी ४८ मध्ये आठ टोलीमा विदेशमा जन्मिएका खेलाडीकै सङ्ख्या बढी छ । विश्वकपमा यो सुरुदेखिकै कथा हो । सन् १९३८ मा भएको विश्वकपको तेस्रो संस्करणमै १२ प्रतिशत खेलाडीले आफू जन्मिएको देशभन्दा फरक राष्ट्रको प्रतिनिधित्व गरेका थिए । फिफाले राष्ट्रिय टोलीका लागि खेलाडी योग्यताको नियम सन् १९६२ सम्म लागु गरेको थिएन । त्यसैले खेलाडीले आफ्नो खेल जीवनमा एकभन्दा बढी देशको प्रतिनिधित्व गर्नु असामान्य थिएन ।

अहिले पारिवारिक सम्बन्ध र दोहोरो नागरिकताका कारण यो सङ्ख्या अझ बढेको छ । कतिपय खेलाडी आफ्ना अभिभावक वा हजुरबुवा–हजुरआमामार्फत अर्को देशको प्रतिनिधित्व गर्न योग्य हुन्छन् । यसको उदाहरण क्रोएसियाका इभान राकिटिचलाई लिन सकिन्छ । सन् २०१८ मा क्रोएसियालाई विश्वकपको फाइनलमा पु¥याउने राकिटिच स्विट्जरल्यान्डमा जन्मनुभएको हो तर उहाँले क्रोएसियाको प्रतिनिधित्व गर्ने निर्णय गर्नुभयो । सन् २०२५ को एक अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो, “दुई देशमध्ये छनोट गर्नुपर्दा मेरो मनले क्रोएसियाका लागि खेल्न भन्यो ।

कतिपय खेलाडी भने बसोबाससम्बन्धी नियमका आधारमा योग्य हुन्छन् । उदाहरणका लागि, पेपे ब्राजिलमा जन्मनुभएको थियो तर २४ वर्षको उमेरमा उहाँले पोर्चुगलको नागरिकता लिनुभयो । त्यसपछि उहाँले सन् २०१० देखि २०२२ सम्म चार विश्वकपमा पोर्चुगलको प्रतिनिधित्व गर्नुभयो ।

विश्वकपका टोलीमा विदेशमा जन्मिएका खेलाडी मात्र होइन दोस्रो पुस्ताका धेरै आप्रवासी पनि छन् । यसको सबैभन्दा गहकिलो उदाहरण सन् २०१८ मा विश्वकप जित्ने फ्रान्सेली टोली हो । सो टोलीका २३ खेलाडीमध्ये १२ जनाका अभिभावक अफ्रिकी मूलका थिए । विगतमा विभिन्न देशको औपनिवेशिक सम्बन्धले पनि यस्ता संयोग जुरेको हुन्छ । सन् २००० को दशकको मध्यदेखि स्विट्जरल्यान्डको राष्ट्रिय टोलीमा तत्कालीन युगोस्लाभियाबाट आएका आप्रवासीको प्रभाव बढ्दै गएको छ । 

सन् २०२६ को इङ्ग्ल्यान्ड टोलीले पनि आप्रवासी इतिहासको कथा सुनाउँछ । आइभरिकोस्टमा जन्मिएका मार्क गुएहीसँगै कम्तीमा तीन खेलाडीका अभिभावक विदेशमा जन्मिएका छन् । धेरै जसोका पारिवारिक जरा अफ्रिका र क्यारेबियनका पूर्वब्रिटिस उपनिवेशमा छन् । 

इङ्ग्ल्यान्डमा जन्मिएका २४ खेलाडीले पनि विश्वकपमा अन्य देशको प्रतिनिधित्व गर्दै छन् । इङ्ग्ल्यान्डमा जन्मिएका खेलाडीमध्ये स्कटल्यान्डबाट मात्र पाँच जना छन् । यसै गरी इङ्ग्ल्यान्डमा जन्मेका फुटबलले अमेरिका, न्युजिल्यान्ड र घानासहित अन्य राष्ट्रको पनि प्रतिनिधित्व गर्दै छन् । उदाहरणका लागि म्यान्चेस्टर सिटीबाट खेल्ने मिडफिल्डर एन्टोनी सिमेन्यो इङ्ग्ल्यान्डको लन्डनमा जन्मनुभएको हो । यद्यपि उहाँ घानाबाट यस पटकको विश्वकप खेल्दै हुनुहुन्छ । यसबाहेक अफिसियल उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले पनि केही मापदण्ड पूरा गरेपछि दोहोरो नागरिकतासहित अर्को देशबाट खेल्ने स्थिति रहेको छ । एजेन्सी   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर