नेभिगेसन मेनु

सेप्टेम्बरमा लिपमोटरले गर्‍यो १ लाख ५ हजारभन्दा बढी विद्युतीय सवारी डेलिभरी
सम्पादक:南亚网络电视
समय:2026-10-05 15:30

Leap_unit_sold_landscape_copy

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । विद्युतीय सवारीसाधन निर्माता लिपमोटरले सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ ।

कम्पनीका अनुसार योसँगै लिपमोटरले लगातार तेस्रो महिना मासिक १ लाखभन्दा बढी सवारीसाधन डेलिभरी गर्ने उपलब्धि हासिल गरेको छ । सेप्टेम्बरको डेलिभरी अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५९५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।  त्यस्तै, सन् २०२६ को तेस्रो त्रैमासिकमा कम्पनीले ३ लाख १० हजार ५२ युनिट सवारीसाधन डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको तेस्रो त्रैमासिकको तुलनामा ७८।३५ प्रतिशत बढी हो ।

सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ । यो संख्या सन् २०२५ को पूरै वर्षमा कम्पनीले गरेको कुल डेलिभरीभन्दा समेत बढी हो ।

विश्वव्यापी अटोमोबाइल कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारीमा सञ्चालित ‘लिपमोटर इन्टरनेसनल’ मार्फत कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ । हालसम्म लिपमोटरको कुल विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ ।

कम्पनीले युरोपमा आफ्नो बिक्री तथा सेवा सञ्जालसमेत तीव्र रूपमा विस्तार गरिरहेको छ । हाल युरोपमा लिपमोटरका बिक्री तथा सेवा केन्द्रको संख्या १ हजारभन्दा बढी पुगेको कम्पनीले जनाएको छ ।

नेपालमा भने साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरका विद्युतीय सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीले टी–०३, बी–०१, बी–१० र सी–१० लगायतका विद्युतीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

लिपमोटरले उन्नत विद्युतीय सवारी प्रविधि, सुरक्षा र दिगो यातायातलाई प्राथमिकता दिँदै विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर